२०८३ साउन ११ , सोमबार 27, July 2026, Monday

माइतीघरमा जेनजी नारा, ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २३ गते सोमबार

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी) हरूले माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । स्वतःस्फुर्त रूपमा माइतीघर मण्डलामा भेला भएका उनीहरूले विभिन्न नाराका साथ प्रदर्शन गरिरहेका छन् ।

‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिँडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरिरहेका छन् ।

विभिन्न नारा लेखेका प्लेकार्डसँगै बोकेर प्रदर्शन गर्नुका साथै उनीहरूले यस क्रममा रुख बिरुवा नभाँच्ने, सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, आगजनी, तोडफोड नगर्ने, धाकधम्की नदिने, सभ्य र जिम्मेवार भएर प्रस्तुत हुने, नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा उभिने प्रतिबद्धता समेत जनाएका छन् । आजको प्रदर्शनमा उनीहरूले राजनीतिक दल निकटका भ्रातृसंस्थाहरूलाई प्रदर्शनमा आउन रोक समेत लगाएका छन् ।

प्रकाशित मिति : २०८२ भदौ २३ गते सोमबार