२०८३ जेठ ३० , शनिबार 14, June 2026, Sunday

काठमाडौंमा जेनजीको प्रदर्शन, उच्च सुरक्षा सतर्कता

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २३ गते सोमबार

जेनजी पुस्ताले गर्ने प्रदर्शनलाई लिएर काठमाडौंमा प्रहरीले उच्च सतर्कता अपनाएको छ । माइतीघर मण्डलमा जेनजी पुस्ताले आज दिउँसो प्रदर्शन गर्दैछ ।

‘आजको प्रदर्शनलाई लिएर हामीले उच्च सतर्कता अपनाएका छौँ । काठमाडौंमा दरबन्दी भएका प्रहरीबाहेक आवश्यक पर्दा अन्य गणका प्रहरी पनि तत्काल परिचालित हुने व्यवस्था मिलाएका छौँ,’ काठमाडौं प्रहरी परिसरका एसएसपी विश्व अधिकारीले भने ।

काठमाडौंमा करिब साढे चार हजार प्रहरी दरबन्दी छ । सुरक्षा रणनीति तय गर्न आइबार सुरक्षा समितिको बैठक बसेको थियो । जेनजी पुस्ताले आज काठमाडौंलगायत देशका धेरै स्थानमा प्रदर्शन गर्दैछ ।

सन् १९९७ देखि २०१२ भित्र जन्मेको ‘जेनजी’ पुस्ताले आज प्रदर्शन गर्न लागेको हो । तीन दशकदेखि निरन्तर लुट र विलासितामा डुबेका शासकवर्गविरुद्ध निर्णायक विद्रोहको तयारीमा जेनजी लागेका हुन् ।

प्रकाशित मिति : २०८२ भदौ २३ गते सोमबार