२०८२ चैत १ , आइतबार 16, March 2026, Monday

आज तपाईंको राशिफल कस्तो छ ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २२ गते आइतबार

आज २०८२ साल भदौ २२ गते आइतबार । भाद्र शुक्ल पक्षको पूर्णिमा तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर ७ तारिख । खग्रास चन्द्रग्रहण देखिने छ । राति १० बजेर ११ मिनेटमा सुरु भएको चन्द्रग्रहण १ बजेर ४१ मिनेटमा सकिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् ।

मेष – आफन्त इष्टमित्र, दाजुभाईमा कसैबाट वैमनश्यता, शत्रूता पारिदिने सम्भावना बलियो छ । मन चञ्चल, गर्न खोजेका काममा रोकावट, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने छैन । चोटपटक लाग्ने सम्भावना पनि छ । जुनसुकै काम गर्दा सतर्क रहनु आवश्यक छ ।

बृष – समय मध्यम खालको छ । स्वास्थ्य राम्रो रहने छैन । आज टाढाको यात्रा गर्नु पनि उचित छैन । जुनसुकै काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ । जति राम्रो काम गर्नुहोस्, आफैंलाई सन्तुष्टि नमिल्ने देखिन्छ ।

मिथुन – समय शुभ रहनेछ, आम्दानीका नया स्रोत थपिंदै जानेछन् । पद र पैसाभन्दा प्रतिष्ठासँग गासिएका काममा लगानी हुन सक्नेछ । नया कार्ययोजना बनाउँदा लाभ पाइनेछ । सही सदुपयोग गर्न सके उच्चतम् लाभ हासिल गर्न सकिनेछ, समयको उपयोग गर्नुहोला ।

कर्कट – आफन्त व्यक्तिसगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना बलियो छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । स्वास्थ्यले साथ नदिन पनि सक्छ । आज नया काम शुरु गर्न र टाढाको यात्रा गर्नु उचित छैन ।

सिंह – मानसिक चिन्ता बढ्नेछ । आफ्ना आश्रित कर्मचारी, छोरा–छोरीबाट धोका खानु पर्नेछ । आम्दानीभन्दा खर्च नै ज्यादा हुने भएकाले सकेसम्म जोगिनु उचित हुनेछ । अनावश्यक रुपमा शत्रु बढ्ने हुनाले कसैसंग वादविवादमा लाग्नु पनि ठीक हुनेछैन । नाता पर्ने व्यक्तिबाट असहयोगको सामना गर्नुपर्नेछ ।

कन्या – समय राम्रै छ । गरेको परिश्रमको राम्रो लाभ पाइने छ । मानसिक शान्ति र आराम मिल्ने समय चलिरहेको छ । कामबाट फाइदा राम्रै पाइने देखिन्छ । आज तपाईं जे चाहनु हुन्छ त्यो काम बन्ने छ । समय शुभ छ ।

तुला – स्वास्थ्य राम्रो रहनेछ । आम्दानी बढ्ने छ । कार्य तथा यात्रामा पनि सफल भइनेछ । समय शुभ समय रहेकाले धार्मिक कार्यमा लगानी हुन सक्नेछ । घरमा पारिवारिक सहयोग मिल्नेछ भने, महत्वपूर्ण काम बन्ने छ ।

वृश्चिक – स्वास्थ्य एक्कासी बिग्रने अवस्था आइपर्नेछ । चिसोले दुःख दिन सक्नेछ । मानसिक अशान्ति हुन सक्नेछ । यात्रामा संकट पर्न सक्ने भएकाले आज पूर्व दिशाको थबतचब नगर्नुहोला । शरीरको कुनै पनि भागमा दुख्ने वा चोट लाग्ने बलियो सम्भावना छ ।

धनु – आफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला । मानशिक असन्तुष्टिको अनुभव हुनेछ । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला ।

मकर – स्वास्थ्य राम्रो रहनेछ । स्वास्थ्यले साथ राम्रै दिनेछ । काममा जागर बढ्नेछ, जागीर खाने ईच्छा भएमा प्रयास गर्नुहोस् सफलता मिल्ने छ । तपाईंले आटेका सबै काममा राम्रो सफलता, परिश्रम अनुसारको आर्थिक लाभ राम्रो पाउनु हुनेछ िअनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला ।

कुम्भ – जुनसुकै काममा विघ्नबाधा ज्यादा आइलाग्ने छन् । सबै प्रकारले सतर्क रहनु अति आवश्यक छ । धार्मिक कार्यमा मन जान सक्नेछ । आर्थिक कारोबार पनि भद्रगोल हुनसक्नेछ । व्यर्थ मानसिक तनाव, यात्रामा विघ्नबाधा, आफन्तसंग कलह हुनसक्ने समय पनि चल्दै छ ।

मीन – आम्दानीका नँया श्रोत देखा पर्दै जानेछन् । आज जे काम गर्नुहुन्छ सुखैका साथ सम्पन्न हुनेछन् । सबै ईष्टमित्रले तपाईंलाई सहयोग गर्नेछन् । त्यसैले जे काम गर्नु छ तुरुन्तै थालनी गर्दा अत्यन्तै राम्रो हुनेछ । टाढाको यात्रा गर्नु उचित छैन ।

प्रकाशित मिति : २०८२ भदौ २२ गते आइतबार