२०८३ भदौ २६ , शुक्रबार 11, September 2026, Friday

के छ ‘भाइरल’ भएको प्रहरीको सूचनामा ? (सूचनासहित)

प्रहरीले सार्वजनिक गरेको एउटा सूचना सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सार्वजनिक गरेको सूचना ‘भाइरल’ भइरहेको हो । सूचना विभिन्न पाँच शीर्षकमा उल्लेख गरिएको छ । सूचनामा राति र बिहानको समय, शौचालय प्रयोग, धार्मिक क्रियाकलाप तथा अन्य गरेर पाँच शीर्षकमा सुझाव दिइएको छ ।

जसमा रातिको समय फोन कल गर्दा आवाज कम गर्ने तथा म्यासेजको प्रयोग गर्ने, भान्सामा भाँडाको ठूलो आवाज नगर्ने, बिहान उठ्दा नित्यकर्म गर्दा अनावश्यक नखोक्नेजस्ता सुझाव दिइएको छ । यस्ता कार्य गरेर अरूलाई ध्वनी प्रदूषण गरेर हैरानी दिनेमाथि तीन लाख रुपैयाँ जरिबाना हुने कानुनी व्यवस्था रहेको समेत जानकारी गराएको छ ।

यस्तो छ सूचना :

प्रकाशित मिति : २०८२ भदौ १९ गते बिहीबार