धरानका मेयर हर्क साम्पाङले कामको क्रममा छोरालाई समय दिन नपाएको पिडा सार्वजनिक गरेका छन् । छोरोले आफ्नी आमालाई ‘बुबाले किन मलाई घुमाउन लैजान हुन्न?’ भन्ने प्रश्नको जवाफमा मेयर राईले आफ्नो बाध्यता पोखेका हुन् ।
‘तिमीलाई जति माया मैले यो देशका हरेक बालबालिकालाई गर्नुपर्छ ! यो देशका हरेको बालबालिकाको भविष्य र खुसीका लागि सङ्घर्ष, प्रयास र श्रम गर्नुपर्दा मैले तिमीलाई समय दिन नसकेको हो !,’ हर्कले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले बुझेर त्याग गरिरहेको छु ! तिमी अबोध भएरै पनि त्याग गर्नु परिरहेको छ ! तिमीले गरेको त्याग मैले गरेको भन्दा ठुलो त्याग हो किनकि तिम्रो त्याग निर्दोष छ अबोध छ ! ‘उनले छोरालाई खेलौना किन्न नसकेको अवस्थाको चित्रण गर्दै उनले सबै नानीबाबुहरूको खुसीको लागी लागिपरेको उल्लेख गरेका छन् ।
‘छोरा तिमीले मैलेभन्दा धेरै त्याग गर्नुपर्छ र गरिरहेका छौ ! म त लाहुरेको छोरो भएर हुर्केँ मेरो बाऊ अर्थात् तिम्रो बाजेले मलाई समय दिनुभयो मेरा चाहनाहरू पूरा गरिदिनु भयो,’ उनले लेखेका छन्, ‘तर तिमी एउटा देश भक्तको छोरा बनेर जन्म लियौ ! मैले तिमीलाई समय दिन सकिनँ सकिरहेको छैन ! तिम्रो रहरका खेलौना र सरसामान किन्दिन सकिरहेको छैन !’
यस्तो छ हर्कले आफ्नो छोरालाई सम्झाउँदै लेखेको पोष्ट ट्ठ
देशभक्त बाऊको अभागी छोरो…
छोरा तिम्ले मैलेभन्दा धेरै त्याग गर्नुपर्छ र गरिरहेका छौ ! म त लाहुरेको छोरो भएर हुर्कें मेरो बाऊ अर्थात तिम्रो बाजेले मलाई समय दिनुभयो मेरा चाहनाहरु पूरा गरिदिनु भयो तर तिमी एउटा देश भक्तको छोरा बनेर जन्म लियौ ! मैले तिम्लाई समय दिन सकिनँ सकिरहेको छैन ! तिम्रो रहरका खेलौना र सरसामान किन्दिन सकिरहेको छैन ! म भ्रष्टाचार र कमिशन खाने मान्छे परिनँ त्यसैले मनग्गे पैसा खर्चेर तिम्लाई मन पर्ने सरसामान किन्दिन सकिरहेको छैन ! म यो देश बनाउने अभियानमा छु त्यसैले आफु इमानदार बनेर यो देशलाई इमानदार र पौरखी बनाउने अभियानमा डटिरहंदा तिम्रा बालापन बाऊ बिनाको टुहुरोको जस्तो बितिरहेको छ ! बाऊसँग हिंड्ने घुम्ने रहरहरु पूरा नगरिकनै बितिरहेको छ ! यो तिम्रो त्याग हो !
मैले तिम्रो लागि केही पनि सम्पत्ति जोडिदिएको छैन ! तिम्रा दुईहात बजाएर खानेछौ र आफ्नो पहिचानसहित तिमले आफ्नो पेट पाल्नेछौ भन्ने विश्वास लिएको छु ! यही देशमा गरिखाने र बाँच्न सक्ने वातावरण बनाउन मैले र तिम्ले हामी दुईले यो त्याग गर्नुपरेको हो ! यो देशलाई समर्पित गरिसकेको जीवन बाँच्ने मान्छेको महान त्यागी छोरा हौ तिमी ! अहिले तिमले यो मेरो लेखको अर्थ बुझ्न सक्दैनौ तर जुन दिन बुझ्ने उमेरको बन्ने छौं त्यो दिन तिम्रो बाऊले (मैले) गरेको कर्म र चुनेको बाटो गलत थिएन रहेछ भन्ने बुझ्नेछौ ! यो देश नै मेरो घर र सारा नेपाली मेरो परिवार सम्झेर देश बनाउन मैले गरेको त्याग र प्रयासको कारण तिम्रो बालापन बाऊ बिनाको टुहुरोको जस्तो तरिकाले बितिरहेको छ !
तिम्लाई जति माया मैले यो देशका हरेक बालबालिकालाई गर्नुपर्छ ! यो देशका हरेको बालबालिकाको भविष्य र खुसीका लागि संघर्ष, प्रयास र श्रम गर्नुपर्दा मैले तिम्लाई समय दिन नसकेको हो ! मैले बुझेर त्याग गरिरहेको छु ! तिमी अबोध भएरै पनि त्याग गर्नु परिरहेको छ ! तिम्ले गरेको त्याग मैले गरेको भन्दा ठुलो त्याग हो किनकि तिम्रो त्याग निर्दोष छ अबोध छ ! ‘अरुको बाबाले घुमाउन लान्छन् त ! खोइ त बाबाले मलाई घुमाउन लानु हुन्न त ! किन ?’ भनेर तिमले आमालाई सोध्छौ रे ! तिम्रो प्रश्नले मेरा आँखा रसाउँछन्, तर ओठले बोल्न सक्दैन ! त्यो तिम्रो प्रश्नको जवाफ म कसरी दिऊँ छोरा ? म सङ्ग तिम्रो प्रश्नको उत्तर छैन ! भए पनि तिमलाई बुझाउन सक्दिन ! तिमी अबोध र निर्दोष छौ !
तिमले गरिरहेको त्याग मेरो त्यागभन्दा ठुलो छ ! मैले त बुझेर त्याग गरें तर तिमले… तिमले त बुझ्नसम्म पाएनौ कि ‘तिम्रो बाबाले किन तिम्लाई समय दिएन ! तिम्रा साथीहरुलाई उनीहरुको बाबाले किन्द्या जस्तो खेलाँची र रहरका सामानहरु किन किन्दिएन !’ क्ष् बm कयचचथ. क्ष् अयगमि लयत दभ ब नययम ाबतजभच तय थयग बत तजभ mयmभलत. तर एक दिन तिमी बुझ्ने भएपछि ठुलो भएपछि तिमी मलाई माफ गरिदिनेछौ र तिम्रो बाबाले गरेको कर्म, तिम्रो बाबाले यो देशलाई गरेको माया र देशका लागि अर्पिएको जीवनलाई महशुस गरेर खुसी र गर्व महशुस गर्नेछौ ! तिमी र तिमी जस्ता करोडौँ बालबालिकाको भविष्य कोर्न मैले यी सारा दुःख र त्याग गर्दा तिम्ले पनि आफ्नो भागको त्याग गर्नुपरेको रैछ भन्ने थाहा हुँदा तिम्रा आँखा खुसीले रसाउनेछन् ! हो तिमी खुसीले रुनेछौ त्यो दिन ! छोरा तिमी महान छौ ! त्याग गर्ने छोरा हौ तिमी ! तिमी महान छौ !
सत्यपाटी