२०८३ असोज ५ , सोमबार 22, September 2026, Tuesday

बिहीबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

२०८२ भदौ १९ गते बिहीवार, ४ सेप्टेम्बर २०२५ । भाद्र शुक्लपक्ष द्वादशी तिथि । उत्तराषाढा नक्षत्र । चन्द्रराशि मकर ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

विशेष काममा जग बसाउने अवसर छ । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । पद–प्रतिष्ठा प्राप्त गर्ने बेला छ । अवसरले मन प्रफुल्लित गराउनेछ । धेरैले कामको तारिफ गर्नेछन् । टाढिएका साथीभाइ नजिकिनेछन् । पुरानो मित्रता दिगो परिवर्तनको संवाहक बन्न सक्छ । शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन् । चुनौतीहरू हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ । व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ । भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम सुरु हुन सक्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

परिबन्धले समस्या निम्त्याउन सक्छ । गोपनीयता बाहिरिनाले समस्या पर्नेछ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । चुनौतीभित्र अवसर खोज्ने समय छ । जटिल काम गर्नुपरे पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ । मिहिनेत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । आयस्रोत अलि कमजोर बन्नेछ भने फजुल खर्च पनि बढ्न सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । परिवेश उल्लासमय रहनेछ । व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ । मिहिनेतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउनेछ । प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ । आफन्तहरूको साथले आशा जगाउनेछ । गृहस्थी सुखद् र यात्रा रमाइलो रहनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

काम बन्नाले उत्साह जाग्नेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । शत्रुहरू किनारा लाग्नेछन् । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । खर्च लागे पनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ । पहिले विरोध गर्नेहरूले नै मित्रताका हात अघि बढाउनेछन् । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । लगनशीलताले परिस्थितिलाई बदल्नेछ । पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिच्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । यात्रा गर्ने अवसर जुट्न सक्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

हल्लाको विश्वास गर्दा काम बिग्रन सक्छ । आज अरूलाई दिने नभई भित्र्याउने समय छ । दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ । पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ । परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ । अरूको व्यवहारले शंका उब्जाए पनि परिवार र प्रियजनको सुझाव शिरोधार्य गर्दा अवश्यै लाभ हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

आँटले काम लिँदा राम्रै प्रतिफल प्राप्त हुनेछ । सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा फाइदा हुनेछ । प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मिहिनेतले मानसम्मान दिलाउनेछ । अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ । बोली र विचारका प्रशंसकहरू बढ्नेछन् । बुद्धिको उपयोगले विद्या, धन आर्जन हुनेछ । सानो प्रयत्नले काम बन्नेछ । सहयोगीहरूले साथ दिनेछन् । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मिहिनेतीहरूको कामना पूर्ण हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ । पहिलेको सफलताले हौसला जगाउनेछ । व्यापारमा फाइदा हुनेछ । प्रेम र मित्रताको बन्धन पनि कसिनेछ । परम्परालाई समयसापेक्ष सुधार गर्न सफल भइनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । आकस्मिक खर्चले तत्काललाई अर्थ अभाव देखापर्न सक्छ । तापनि सहयोग गर्नेहरू प्रशस्तै भेटिनेछन् । शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारो ठानिएको काम पनि सम्पादन हुनेछ । विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ । विगतका कर्मको सामान्य प्रतिफल प्राप्त हुनेछ । खर्च लागे पनि टाढाको यात्रा गर्ने पक्रिया अघि बढ्न सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन् । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ । कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

प्रकाशित मिति : २०८२ भदौ १९ गते बिहीबार