२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

किन बन्द भयो चिलिमे विद्युत् केन्द्र ?

सत्यपाटीसत्यपाटी । रसुवा । २०८२ भदौ १४ गते शनिबार

राष्ट्रिय प्रसारणलाइनमा समस्या भएपछि चिलिमे जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् आपूर्ति बन्द भएको छ । रसुवाको कालिका गाउँपालिका–१, ग्राङ आसपास क्षेत्रमा राष्ट्रिय प्रसारणलाइनमा समस्या आएपछि केन्द्रबाट उत्पादन बन्द गर्नुपरेको हो ।

चिलिमे जलविद्युत् केन्द्रका अनुसार, टावर मर्मत गरेर शनिबार (भदौ १४) साँझसम्ममा केन्द्र पुनः सञ्चालन गर्ने लक्ष्य छ । टावर मर्मतका निम्ति काठमाडौंबाट रसुवाका निम्ति प्राविधिक प्रस्थान गरिसकेका छन् ।

प्रकाशित मिति : २०८२ भदौ १४ गते शनिबार