२०८३ वैशाख ४ , शुक्रबार 17, April 2026, Friday

इम्बोस्ड नम्बर प्लेटविरुद्ध प्रदर्शन उत्रियो ‘जाग नेपाली अभियान’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ ११ गते बुधबार

देवनागरी लिपीको नेपाली भाषालाई समाप्त पार्ने खेल अन्तर्गत सरकारले इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । ‘जाग नेपाली अभियान’ले काठमाडौंमा इम्बोस्ड नम्बर प्लेटविरुद्ध बुधबार प्रदर्शन गरेको हो ।

इम्बोस्ड नम्बर जडानको सन्दर्भमा राज्यका जिम्मेवार निकायमा रहेकाहरुलाई नै प्रभावित पारिएको र अर्बौं कमिशनको खेल भएको जाग नेपाली अभियानको भनाइ छ । जाग नेपालीका संयोजक दिपेश केसीले देवनागरी लिपीलाई मेटाएर जात, जाति, भाषा भाषी समुदायलाई छिन्नभिन्न पार्ने काम गर्न खोजिएकाले विरोध जनाएको बताए ।

उनले इम्बोस्ड नम्बर प्लेट जडानका नाममा अर्बौं भ्रष्टाचार भएको आरोप लगाए । प्रदर्शनमा सहभागीहरुले इम्बोस्ड नम्बर प्लेट खारेज गर, भ्रष्टाचार छानबिन गरी दोषीलाई कारबाही गर, डेटा सुरक्षाको ग्यारेन्टी गर लगायतका प्लेकार्ड देखाएका थिए ।

प्रकाशित मिति : २०८२ भदौ ११ गते बुधबार