२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध

सडक भासिएपछि कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत–जुम्लाखण्ड अवरुद्ध भएको छ । कालिकोटको कालेखोलामा सडक भासिएपछि कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।

मंगलबार राति सडक भासिएको जानकारी प्राप्त भएपछि मर्मत सम्भारका लागि उपकरणसहित आवश्यक जनशक्ति परिचालन गरिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले मर्मत सम्भारको काम पूरा गर्न केही समय लाग्ने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २०८२ भदौ ११ गते बुधबार