सशस्त्र प्रहरीका एक डिआइजीलाई अवकाशको मुखमा विदेश घुम्ने रहर लागेपछि यतिबेला उज्जेगिस्थान पुगेका छन् । सशस्त्र प्रहरी क्लबको एउटा खेलाडीको टोली लिएर विना मेसो उनी त्यहाँ गएका हुन् । उनी हुन डिआइजी कालीदास धौबजी उमेरहदका कारण केही महिनामै अवकाशमा जाँदैछन् ।
उनले अवकाशको समय नजिक आएको भन्दै एक पटक विदेश भ्रमणमा जाने बताएपछि आइजीपी राजु अर्यालले लु गरिखाउ भन्दै नाम चढाएपछि उज्जेगिस्तानमा खेलाडीहरुको साथ लागेर गएका छन् । ‘हावामा गएका हुन्, उनी कोच होइन, उनी जानुपर्ने ‘पर्सन’ नै होइनन्,’ सशस्त्र प्रहरीका एक अधिकारीले भने ।
उनी ५६ वर्ष उमेर हदका कारण केही महिनामा अवकाशमा जान लागेका हुन् । सशस्त्र प्रहरी क्लबका प्रमुख वा खेलकुद विभाग प्रमुखसमेत नभएको अवस्थामा उनी सेटिङमा विदेश पुगेका हुन् । भक्तपुरका धौबजी मधेश प्रदेशमा हुँदा प्रदेश समन्वयात्मक गोष्ठिको रकममा समेत लोभ गरेको भन्दै मूख्यालयले कडा प्रतिक्रिया जनाएपछि तानिएका थिए ।
हाल सशस्त्र प्रहरीका प्रवक्ता रहेका धौबजीलाई उज्जेगिस्थान जानलाई कुनै पनि मापदण्ड नपुगे पनि आफनै जोडबलमा त्यहाँ पुगेका थिए । मधेश प्रदेशको सशस्त्र प्रहरी बल मधेश प्रदेश छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासमा नेपाल–भारत सीमा क्षेत्रमा सहकार्य गर्नेबारेमा दुई देशका डीआइजीस्तरको समन्वयात्मक (कोअर्डिनेसन) बैठकको खर्चमा समेत अनियमितता भएको भन्दै उनीमाथि छानवीन चलेको स्रोतको दाबी छ ।
सशस्त्र प्रहरी मधेश प्रदेशका डीआइजी धौबजीले उक्त कार्यक्रमको खर्च जिल्लाका गणपतिहरुबाट असुलेका छन् । ६ कात्तिक, २०८१ मा बर्दिबासमा भएको कार्यक्रममा सरोकारवाला निकायहरू तथा भारतीय समकक्षीसँग आपसी समन्वय तथा सहकार्य गरी बोर्डर इलाकाको सरसफाइ पोष्टहरूको निर्माण बोर्डर पिलरहरूको मर्मत सम्भार जस्ता कुराहरू मिटिङमा छलफल भएको थियो ।
उक्त कार्यक्रममा भारतीय समकक्षी डीआइजी, बटालियन कमान्डरहरूको उपस्थिति रहेको थियो भने नेपालतर्फबाट सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनिका बाहिनीपति डीआइजी कालीदास धौबजी, सहायक बाहिनीपति सूर्य सेन वली र मधेश प्रदेशका जिल्लाका गणपतिको उपस्थिति रहेको थियो । बाहिनी मुख्यालयले उक्त कार्यक्रममा करिब १२ लाख खर्च भएको भन्दै उक्त रकम प्रत्येक गणहरुलार्ई भाग लगाएर तिर्न लगाएको आफूले समेत लोभ गरेको स्रोतको दावी छ ।
अहिले आइजीपी सचिवलयमा रहेका धौबजी पेट्रोल पम्प खरिद शाखा लगायतको संरचनामा पनि आँखा लगाउने गरेको स्रोतको दावी छ । चार दिनअघि त्यहाँ गएका धौबजी एक सातापछि मात्रै नेपाल आउनेछन् । धौबजीको एक गत असारमा मात्रै सेवा अवधि एक वर्ष थप गरिएको थियो । तर उनी असारसम्म बस्न पाउदैनन्, ५६ वर्षे उमेरहदका कारण एकाध महिनामै घर जानेछन् ।
सत्यपाटी