यो वर्ष २०८२ सालका चाडपर्व सुरु भएका छन् । नारीको विशेष पर्व हरितालिका तीज सकिएसँगै अब बजारमा दशैँको चहलपल सुरु हुन्छ । दशैँ सुरु हुन एक महिना पनि बाँकी छैन । दशैँ आउन अब मात्र २६ दिन बाँकी रहेको छ ।
यस वर्ष असोज महिनामै नेपालीको महान् पर्व बडादशैँ रहेको छ । असोज ६ गते घटस्थापनाबाट दशैँ सुरु हुन्छ । सामान्यतया हिन्दुले सोह्रश्राद्धसँगै दशैँ सुरु भएको मान्दछन् । अबको १२ दिनमा सोह्रश्राद्ध सुरु हुन्छ । भदौ २३ गतेदेखि सोह्रश्राद्ध आरम्भ हुन्छ ।
हिन्दु संस्कार अनुसार सुरुमा पितृको सम्झना गरिसकेपछि दशैँ सुरु हुन्छ । अबको ३३ दिनमा फूलपाती रहेको छ । दशैंको टीका अगाडिको प्रमुख दिनका रुपममा मानिने फूलपाती असोज १३ गते रहेको छ ।
अबको ३४ दिनमा महाअष्टमी छ । असोज १४ गते महाअष्टमी सकिने छ भने असोज १५ गते महानवमी छ । आजको ठिक ३६ दिनपछि विजया दशमीको टीका छ । असोज १६ गते दशैँको टीका लगाएसँगै कतिपय ठाउँमा दशैँ सकिन्छ ।
कतिपय ठाउँमा भने जोगाग्रत पूर्णिमा अर्थात् असोज २० गतेसम्म नै दशैँ मान्ने चलन छ । सरकारी बिदा भने असोज १३ गते फूलपातीदेखि असोज १८ गते द्वादशीसम्म गरेर ६ दिन रहेको छ । दशैँको चहलपहल भएसँगै सहरबाट गाउँ पुग्नेको संख्या बढ्छ ।
केही साता अगाडि नै गाउँगाउँ पुग्ने गाडीका लागि टिकट खुल्छ । दशैँले सहरको मात्र होइन गाउँको चहलपहलसमेत बढाउने गर्दछ । पढाइ र रोजगारीका लागि सहर पसेका परिवारका सदस्यले दशैँ जस्ता चाडपर्वमा गाउँगाउँमा खुशी लिएर फर्किने छन् ।
सत्यपाटी