२०८३ भदौ २ , मंगलबार 18, August 2026, Tuesday

आज तपाईको दिन कति शुभ, कति अशुभ ? हेर्नुहोस् राशिफल

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ १० गते मंगलबार

२०८२ भदौ १० गते मंगलवार, २६ अगस्ट २०२५ । भाद्र शुक्लपक्ष तृतीया तिथि, १२ः४२ बजेपछि चतुर्थी । हस्त नक्षत्र । चन्द्रराशि कन्या ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । उधारोमा व्यापार गर्नुपर्ला । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्य–चिन्ताले पनि सताउनेछ । अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । लक्ष्य प्राप्त गर्न समय लाग्नेछ । मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ । लक्ष्य प्राप्त गर्न केही समय लाग्नेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन् । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । स्वास्थ्य सबल रहनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ । सन्तान वा अनुयायीले राम्रो साथ दिनेछन् ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

फाइदाको पछि लाग्दा नाम बिग्रन सक्छ । तापनि, गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । आज अरूलाई दिने नभई भित्र्याउने समय छ । दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको साथ सहयोग प्राप्त हुनेछ । व्यापारमा अवश्यै लाभ हुनेछ । चुनौती पन्छाएर पनि काममा जग बसाउने मौका छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

रचनात्मक काममा जुट्ने समय छ । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । उद्योग र व्यापारमा सामान्य फाइदै हुनेछ । गरिएका कर्मको सामान्य प्रतिफल पाइनेछ । तर, परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । सानोतिनो काममा सञ्चित रकम खर्चनुपर्ला । बेलामा होस नपुर्याउँदा बाध्यतामा परिनेछ । व्यापारतर्फ हिसाबकिताबमा होसियार रहनुहोला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

दिन रमाइलो रहनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । पहिलेको सफलताले हौसला जगाउनेछ । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । अरूको करकापमा काम थालनी भए पनि फाइदै हुनेछ । टाढाका साथीभाइले साथ दिनेछन् । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । केही वस्तु त्याग्नुपरे पनि कर्जामार्फत धन जुट्नेछ । केही खर्च लागे पनि देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ । तर आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ । मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । तर धेरै फाइदा उठाउन भने नसकिएला । केही रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ने स्थिति आउन सक्छ । श्रमको राम्रै मूल्यांकन भए पनि उपलब्धि तत्कालै प्राप्त नहुन सक्छ । जिम्मेवारी भने प्राप्त हुनेछ । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

चुनौतीभित्र अवसर खोज्ने समय छ । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ । पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ । तापनि, आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । भविष्यका लागि नयाँ कामको जग बसाउने मौका छ । सामाजिक कामको जिम्मेवारी प्राप्त हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रयत्न गर्दा राम्रै अवसर पाइनेछ । साथीभाइले पनि सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा मनग्य धनलाभ हुनेछ । योजना बनाएर काम गर्दा फाइदा हुनेछ । समाजसेवा, धर्मकर्म र परोपकारी काममा मन रमाउनेछ । भाग्यवश कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । अवसर जुटे पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ । स्वास्थ्य कमजोर रहनेछ भने पहिलेको योजना स्थगित हुन सक्छ । जोखिम हुने काम थालनी गर्नुअघि विचार पुर्याउनुहोला । चिताएको काम बीचैमा रोकिनाले दोहोर्याउनुपर्ने स्थिति आउला । आशा देखाउनेहरूले धोका दिनेछन्, सजग रहनुहोला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । शुभचिन्तकहरूले साथ–सहयोग प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । नयाँ जिम्मेवारी सम्हाल्दै दाम र प्रतिष्ठा हातपार्ने बेला छ । यात्राको प्रक्रिया अघि बढ्न सक्छ ।

प्रकाशित मिति : २०८२ भदौ १० गते मंगलबार