२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

अवकाशमा जाँदै गुप्तचर प्रमुख, को-को छन् नयाँ प्रतिस्पर्धी ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ ९ गते सोमबार

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा यसै महिना अवकाशमा जाँदैछन् । २०७९ भदौ २८ मा गुप्तचर प्रमुखमा नियुक्त भएका थापा तीन वर्षे कार्यकाल पूरा गरेर यहि भदौ २८ बाट अनिवार्य अवकाशमा जान लागेका हुन् ।

२०५३ मा अनुसन्धान अधिकृतबाट सेवा प्रवेश गरेका थापाकै ब्याचमेटहरु नयाँ गुप्तचर प्रमुख हुने लाइनमा छन् । आफ्ना ब्याचमेट ओमप्रकाश जोशीलाई पछाडि पारेर थापा विभागको प्रमुख बनेका थिए । तिनै जोशी तीन वर्षपछि प्रमुख हुने प्रतिस्पर्धामा छन् ।

जोशी अहिले प्रशासन विभागको प्रमुख छन् । उनी थापाको अवकाशपछि मुख्य अनुसन्धान निर्देशक हुने दौडमा लागेका छन् । अर्का अतिरिक्त मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की पनि प्रमुखको दाबेदार हुन् । उनीहरू दुवै जना हुतराज थापासँगै राष्ट्रिय अनुसन्धान विभागमा प्रवेश गरेका थिए । कार्कीले अहिले प्रदेश समन्वय विभाग र इन्टेलिजेन्सको नेतृत्व गरिरहेका छन् ।

प्रकाशित मिति : २०८२ भदौ ९ गते सोमबार