२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

खानेकुराले यौन जीवनमा कस्तो प्रभाव पर्छ ?

यदि कुनै एउटा खास खानेकुराले मानिसको यौनशक्ति वा यौन आनन्द बढाइदिने प्रमाण फेला परेमा त्यो हातहातै बिक्री हुन्थ्यो होला । सन्तुलित खानपान, सक्रिय जीवनशैली तथा सही मानसिक स्वास्थ्यले तपाइँको यौन जीवन राम्रो बनाइदिन सक्छन् ।

तर के कुनै खास खानेकुरा छन् जो प्राकृतिक रूपमै यौनशक्तिवद्र्धक छ ? जुन खानाले मनमा खुसीयाली उत्पन्न गराउने इन्डर्फिन तत्व शरीरमा उत्पादन गराउँछ तिनमा वास्तवमा स्वस्थ यौन इच्छासँग सम्बन्धित तत्व पनि हुन्छन् ।

तिनलाई बरोबर यौनवद्र्धकको रूपमा समेत प्रस्तुत गरिन्छ । यस्ता दाबीका पछाडि रहेका इतिहास तथा विज्ञान एकपटक जानौँ । के कुनै विशेष खाना छ जसले यौन जीवन सुधारिदिन्छ ? तर ओयस्टर सेवन र यौनशक्तिबारे कुनै प्रमाणित सम्बन्ध पाइँदैन ।

त्यसोभए यो हल्ला कहाँबाट चल्यो त ? किम्वदन्ती अनुसार ग्रीक प्रेमकी देवी एफ्रोडाइटको उत्पत्ति सेतो फिँजबाट भएको थियो र उनी समुन्द्रबाट निस्किएकी थिइन् । त्यसैले समुन्द्री खानेकुरा यौनवद्र्धक मानिन्छन् । तर जे होस् ओयस्टर खान रुचाउनेहरूका लागि खुसीको खबर के छ भने यी महँगा मोलस्क जातीका प्राणीहरूमा प्रशस्त जींक तत्व पाइन्छ जुन् टेस्टोस्टेरोन उत्पादनमा अत्यावश्यक हुन्छन् ।

साथै अनुसन्धानहरूका अनुसार जींकले पुरुषको नपुंसकताको उपचार गर्न तथा वीर्यको गुणस्तर सुधार्न सहयोग पुर्याउँछ भन्ने देखाएका छन् । जींकका अन्य स्रोतहरूमा शेलफिस, रातो मासु, बियाँ (उदाहरणका लागि फर्सीको बियाँ वा तील), काजु, हाडे बदाम, चना, राजमा, दूध तथा चीज पर्छन् ।

अनुसन्धानकर्ताहरूका अनुसार डार्क चकलेट खाँदा प्रेममा परेको जस्तै किसिमको आनन्द अनुभव हुन्छ किनकि त्यसमा प्रेम रसायन अर्थात फिनाइलइथाइलामाइन (पीइए) हुन्छ । तर चकलेटमा निकै कम मात्रामा मात्र पीइए हुन्छ । तर निश्चित रूपमै चकलेटको प्रयोग यौनवद्र्धक ओखतीको रूपमा भएको प्रमाण भने छैन ।

के खुर्सानीले यौन जीवन रंगीन बनाउँछ ?

पिरो खुर्सानीमा क्याप्साइसीन हुन्छ जसले इन्डर्फिन तत्व (उही आनन्द अनुभूति गराउने तत्व) को निष्कासन सक्रिय पार्छ । खुर्सानीले शरीरभित्रका अत्यावश्यक रासायनिक क्रियाको गति एवं शरीरको तापक्रम र मुटुको चाल बढाइदिन्छ । यौनक्रियाका बेला पनि त्यस्तै हुन्छ ।

रक्सीले सघाउँछ कि उल्टो असर पार्छ ?

महिला तथा पुरुष दुवैमा धेरै रक्सी पिउनाले संवेदनशीलता हराउँदै जान्छ । लामो समयसम्म रक्सी सेवन गरिराखे त्यसले यौन इच्छा कम गराइदिनुका साथै नपुंसकता समेत निम्त्याइदिन सक्छ । साथै रक्सीको दुर्गन्धले यौन उत्तेजना पक्कै ल्याउँदैन ।

यौनवर्द्धक के हुन् ?

यौनवर्द्धक वस्तुलाई खासगरि तीन वर्गमा बाँड्न सकिन्छ–यौनशक्ति, यौनइच्छा तथा यौन आनन्द बढाउने खालका । यिनले मानिसमा सफल काम गरेको भनेर नाप्न कठिन हुनाका कारण कुनैको पनि वैज्ञानिक प्रमाण फेला पर्न सकेको छैन । वास्तवमा हालसम्म एउटा मात्र यौनवर्द्धक वस्तुको प्रमाण फेला परेको छ ।

त्यो भनेको पाकेको वा कुहिएको फलफूलको गन्ध हो र त्यसले फ्रुटफ्लाइ नामक जीवमा यौनवर्द्धक को काम गर्छ । यौनस्वास्थ्य विज्ञ डाक्टर क्रिचमान भन्छन् ‘मानिसहरूले यौनवर्द्धक भनेर खान्छन् किनभने उनीहरूले त्यसले काम गर्छ भनेर विश्वास गर्छन् । र, यदि कसैमा केहीले काम ग¥यो भने त्यसमा कारण किन खोजिरहनु ?’

यौनवर्द्धकको रूपमा परिचित कैयौँ खानेकुरा वास्तवमै स्वस्थ खानेकुरा हुन् । तर कुनै बिरुवाबाट निकालिएको वा कुनै वस्तुबारे स्वास्थ सुरक्षाको आँकडा प्राप्त छैन भने तिनबाट जोगिनु नै बेस हुनेछ । चामत्कारिक ओखती भनेर दाबी गरिएका चीजबाट पनि टाढै रहनु राम्रो । यदि तपाइँमा यौनइच्छाको कमी छ भने सम्भवतः तपाइँमा अन्य स्वास्थ्य समस्या भएको हुन सक्छ । यसबारे चिकित्सकसँग परामर्श लिनु जाती हुनेछ ।

प्रकाशित मिति : २०८२ भदौ २ गते सोमबार