२०८३ वैशाख ४ , शुक्रबार 17, April 2026, Friday

जंगली च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर बिरामी

सत्यपाटीसत्यपाटी । रोल्पा । २०८२ भदौ १ गते आइतबार

रोल्पामा जंगली च्याउ खाँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर बिरामी परेका छन् । मृत्यु हुनेमा रोल्पाको परिवर्तन गाउँपालिका–२ राङसीकी ७४ वर्षीया नर्मला वली रहेकी छन् ।

२७ साउनमा जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा वली र उनका श्रीमान ८१ वर्षीय भागीराम वली बिरामी भएका थिए । स्थानीय मेडिकलमा उपचारपछि दुवै जनालाई २९ साउनमा थप उपचारका लागि दाङको राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठान घोराही ल्याइएको थियो ।

उपचारको क्रममा वलीको मृत्यु भएको अस्पताललाई उदृत गर्दै रोल्पा प्रहरीले जनाएको छ । भागीराम वलीको अवस्था गम्भीर रहेको र उनको सोही अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ भदौ १ गते आइतबार