२०८३ भदौ २६ , शुक्रबार 11, September 2026, Friday

चार महिनामा विपद्का दुई हजार ८५३ घटना, १२६ जनाको मृत्यु

गत वैशाखदेखि साउन ३१ गतेसम्म देशभर कुल दुई हजार ८५३ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर १२६ जनाको मृत्यु भएको छ । यस्तै ५८५ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर २३ जना बेपत्ता हुँदा पाँच हजार ४१ परिवार प्रभावित भएका छन् ।

देशभर बाढीका २१६, पहिरोका ३१७, भारी वर्षाका २२१, चट्याङका २४५, सर्पदंशका ७७ घटना घटेका छन् भने आगलागीका एक हजार ११४, डढेलोका १५८, हुरीबतासका २७७, जनावर आक्रमणका १७२, लेक लागेको ४६, भूकम्पका पाँच, डुङ्गा पल्टेर दुई, असिना हुरी र अन्यका एक–एक वटा विपद्का घटना घटेका छन् ।

प्राधिकरणका अनुसार साउन ३१ गते मात्र आगलागीका सात, बाढी एक, पहिरोका आठ, अविरल वर्षा चार, जनावर आक्रमणका तीन घटना घटेका छन् । विपद्मा परेर एक जनाको ज्यान गएको छ । अनुमानित क्षति रु ३८ लाख ४० हजार बराबर भएको छ । विपद्बाट प्रभावितको खोज, उद्धार र राहतका लागि १४० प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : २०८२ भदौ १ गते आइतबार