२०८३ भदौ २९ , सोमबार 14, September 2026, Monday

यूएई सरकारद्वारा १२० नेपालीलाई आममाफी

संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका १२० नेपालीलाई सजाय माफ गरेको छ ।

नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ । दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा यूएई सरकारले उक्त निर्णय गरेको हो ।

प्रकाशित मिति : २०८२ भदौ १ गते आइतबार