२०८३ साउन ३ , आइतबार 19, July 2026, Sunday

दीपकराज गिरीले लेखें, ‘हामी जन्मेकै अरूको देश बनाउन, एक डाक्टर विदेशिए भनेर के चिन्ता गर्नु ?’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन २९ गते बिहीबार

चर्चित अभिनेता तथा निर्देशक दीपकराज गिरीले डाक्टर, इन्जिनियर लगायतका देशका बौद्धिक जनशक्ति विदेश पलायन भइरहेको अवस्थामा कडा टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘एकजना डाक्टर बिदेश गए भनेर के चिन्ता गर्नु ? यो देशमा न अरनिको टिके न तेन्जिङ शेर्पा ! के डाक्टर के एक्टर के लाहुरे…इतिहास भन्छ हामी जन्मेकै अरूको देश बनाउन !’

वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा.रामेश कोइरालाले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट राजीनामा दिएपछि चुलिएको चर्चाका बीच गिरीको यो स्टाटस आएको हो । कोइरालाले बीपी र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन दिएका थिए । ‘सर्टलिस्ट’मा पनि परेका उनले राजनीतिक भागबण्डाका क्रममा उपकुलपतिमा स्थान नपाएपछि राजीनामा दिएर विदेशिएका हुन् ।

प्रकाशित मिति : २०८२ साउन २९ गते बिहीबार