२०८३ साउन १ , शुक्रबार 18, July 2026, Saturday

उत्तराखण्डको बाढीमा हराइरहेका २६ नेपाली को हुन् ? (नामसहित)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन २७ गते मंगलबार

भारतको उत्तराखण्डस्थित उत्तरकाशी र पौडी गढवालको बाढी र पहिरोमा हराइरहेका नेपालीको विवरण सार्वजनिक गरिएको छ । भारतस्थित नेपाली दूतावासले नेपालीको नाम सार्वजनिक गरेको छ । जसमा २६ नेपाली छन् ।

दूतावासले उत्तरकाशीमा २१ र पौडी गढवालमा ५ नेपाली हराइरहेको सूची सार्वजनिक गरेको छ । उत्तराखण्डको उत्तरकाशी जिल्ला र पौडी गढवाल जिल्लामा क्रमशः ५ र ६ अगष्ट आएको बाढी र पहिरोमा परेर नपालीहरू हराइरहेका दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २०८२ साउन २७ गते मंगलबार