सुत्केरी बेथा लागेर रक्तश्राव भएकी डोल्पाकी महिलाको उद्धार गरिएको छ । डोल्पा जिल्लाको काइके गाउँपालिका ३ ताराकोट की अन्दाजी २६ वर्षीय सुनिता रानाको उद्धार गरिएको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार साउन २५ गते बेलुका ८ बजेको समयमा सुनितालाई सुत्केरी बेथा लागेको थियो । त्यसपछि रक्तश्राव बढेपछि जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरी टोलीले स्थानीय स्वास्थ्य चौकी शहरतारा ल्याएर उपचार भएको थियो ।
प्रहरीका अनुसार उनको त्यहाँ उपचार सम्भव नभएपछि जिल्ला अस्पताल दुनै, डोल्पा हुँदै हेलिकप्टरद्वारा प्रादेशिक अस्पताल सुर्खेत ल्याइएको छ । प्रहरीका अनुसार आज दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट सुनितालाई उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ ल्याइएको हो ।
प्रकाशित मिति : २०८२ साउन २६ गते सोमबार
सत्यपाटी