२०८३ जेठ २४ , आइतबार 8, June 2026, Monday

युद्धका कारण गाजाको बैंकिङ प्रणाली पूर्णरुपमा ध्वस्त

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन २६ गते सोमबार

गाजाको बैंकिङ प्रणाली पूर्णरुपमा ध्वस्त भएको छ । यसले निराशाजनक अवस्था सिर्जना गरेको छ । मानिसहरूले डिलरहरूलाई ठूलो शुल्क तिरेर मात्रै आफ्नो पैसा निकाल्न पाउँछन् ।

अक्टोबर ७, २०२३ मा इजरायली सैन्य अभियान शुरु भएदेखि गाजा पट्टी कडा नाकाबन्दीमा छ । जसमा नगदमा समस्या आएको छ । नगद बिना केही कुरा पनि किन्न मिल्दैन ।

औपचारिक बैंकिङको अभावमा गाजावासीहरू आफ्नो पारीश्रमीक प्राप्त गर्न इजाजतपत्र नभएका मुद्रा परिवर्तकहरू अत्यधिक शुल्क तिर्न बाध्य छन् ।

जुनको मध्यमा संयुक्त राष्ट्र संघको प्रतिवेदनले ९५ प्रतिशतभन्दा बढी घरपरिवारले गम्भीर आर्थिक कठिनाइ भोगिरहेको देखाएको छ । व्यापक नगद अभावले खाद्यान्न खरिद गर्न लगभग असम्भव बनाएको देखाएको छ ।

नगद पाउनेहरूले अर्को समस्याको सामना गरिरहेका छन् किनभने विक्रेताहरूले जीर्ण नोटहरू स्वीकार गर्न अस्वीकार गरिरहेका छन् । विक्रेताहरू र व्यापारीहरूले अब नयाँ मुद्रा नोटहरू मात्र स्वीकार गर्छन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८२ साउन २६ गते सोमबार