२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday

रवि लामिछानेको निवेदन न्यायाधीश सापकोटाको इजलासमा, रिहा होलान् ?

सत्यपाटीसत्यपाटी । रुपन्देही । २०८२ साउन २६ गते सोमबार

रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा दिएको बैंक जमानत सम्बन्धी निवेदनमा आज सुनुवाइ हुँदैछ । उनको निवेदनमाथि सुनुवाइका लागि न्यायाधीश नारायण सापकोटाको इजलासमा आज पेसी तोकिएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै रूपन्देही अदालतमा यही साउन १९ गते निवेदन दिएका थिए । उनको निवेदनमा सुनुवाइका लागि आज पेसी तोकिएको अदालत प्रशासनले जनाएको छ ।

लामिछानेले बिगोवापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक दाखिला गरिदिएको बताएका छन् । बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले चैत २२ गते थुनामा पठाउने आदेश दिएपछि उनी २५ चैतदेखि पुर्पक्षका लागि भैरहवा कारागारमा छन् ।

त्यसअघि रुपन्देही जिल्ला अदालतबाट १ करोड धरौटीमा छुटेका थिए । लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा यही साउन १९ गते निवेदन दिएका थिए ।

प्रकाशित मिति : २०८२ साउन २६ गते सोमबार