वर्षायाममा वायुमण्डलमा रहेको आद्र्रता र चारैतिर फैलिएको फोहोरका कारण भाइरस र ब्याक्टेरिया तीव्र गतिमा बढ्छन् । यही कारणले गर्दा यस मौसममा धेरै प्रकारका संक्रामक रोगहरूको जोखिम बढ्छ ।
यीमध्ये एक निमोनिया हो, जुन फोक्सोमा हुने गम्भीर संक्रमण हो । यो कुनै पनि उमेरका व्यक्तिलाई हुन सक्छ । तर, बालबालिका, वृद्धवृद्धा र कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरू बढी जोखिममा हुन्छन् । समयमै उपचार नगरेमा यो रोग घातक पनि साबित हुन सक्छ ।
इन्डियन जर्नल अफ चेस्ट डिजिजेज एन्ड अलाइड साइन्सेसमा प्रकाशित एक अध्ययन अनुसार मनसुनमा निमोनियाका घटनाहरू बढ्छन् । यसको मुख्य कारण वर्षामा भिज्नु र लामो समयसम्म भिजेको लुगामा बस्नु हो । यद्यपि, केही आवश्यक सावधानी अपनाएर यो गम्भीर रोगको जोखिमबाट बच्न सकिन्छ ।
यी लक्षणलाई नगरौं इग्नोर
- लगातार खोकी लागिरहनु
- चर्को ज्वरो आउनु र चिसो लाग्नु
- श्वासप्रश्वास छिटोछिटो हुनु
- छातीमा चर्को दुखाइ हुनु
- थकान महशुस हुनु र भोक नलाग्नु
- बालबालिकाले वान्ता गर्नु
- बयस्कमा द्विविधाजस्तो महशुस हुनु
निमोनियाबाट बच्ने ११ टिप्स
- खाना खानुअघि र वासरुमबाट आएपछि साबुन–पानीले हात धोऊँ
- खोक्दा या हाछ्यूँ गर्दा नाक र मुखलाई रुमाल र टिस्युले ढाकौं
- तौलिया, रुमालजस्ता व्यक्तिगत सामान अरूसँग सेयर नगरौं
- वर्षातमा भिज्नबाट बचौं । यदि भिजियो भने तत्काल कपडा बदलौं
- घरभित्र चिस्यान बढ्न नदिऊँ । भेन्टिलेसनको व्यवस्थापन गरौं
- डाइटमा हरिया सागपात, फल र अन्न सहभागी गराऊँ
- दिनभर कम्तिमा ७–८ गिलास पानी पिऊँ
- सर्दी र खोकी लागेका संक्रमित मानिसबाट पर्याप्त दूरी बनाऊँ
- वर्षायाममा एयर कन्डिसनरको प्रयोगबाट सकेसम्म बचौं
- धुम्रपान र मध्यपानबाट टाढा बसौं
- कुनै पनि लक्षण देखिनासाथ तत्काल चिकित्सकको परामर्श लिऊँ
स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८२ साउन २६ गते सोमबार
