२०८२ साउन २५ गते आइतवार, १० अगस्ट २०२५ । भाद्र कृष्णपक्ष प्रतिपदा तिथि, १२ः४३ बजेपछि द्वितीया । धनिष्ठा नक्षत्र, १५ः२८ बजेपछि शतभिषा । चन्द्रराशि कुम्भ ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आजको मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । विभिन्न भौतिक साधनहरू पनि जुटाउन सकिनेछ । बुद्धिको उपयोगले काम सम्पादन हुनेछ । तर समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचनागर्नेछन् । ईष्र्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थितिवश कम फाइदा हुने काममा अलमलिनुपर्ला । श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ । प्रयत्न गर्दा राम्रै जिम्मेवारी पनि पाइनेछ । अरूको समस्याबारे चासो लिँदा आफैंलाई अप्ठ्यारो पर्न सक्छ । अप्ठ्यारो समयमा पनि अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ । समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ । अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतको परिणाम प्राप्त हुनेछ । शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला । योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ । रोकिएको काममा समेत सकारात्मक संकेत प्राप्त हुनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
छोटो समयमा फाइदा उठाउन सकिनेछ । अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ । तर अवसरभित्र अधिकार खोज्ने प्रवृत्तिले समस्या निम्त्याउन सक्छ । शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ । पहिलेका कामबाट फाइदा भइरहनेछ । व्यापारमा पनि सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला । प्रेम र मित्रताको बन्धन कसिलो हुने समय छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पहिलेको सफलताले हौसला जगाए पनि विवाद तथा मुद्दाहरूमा निकै सजग रहनुपर्नेछ । ऋण, शत्रु र रोगबाट सजग रहनुपर्ला । पछिका लागि विशेष काममा जग बसाउने मौका छ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । परिश्रम परे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । केही फजुल खर्च बढ्न सक्छ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
काममा केही समय लागे पनि सुखद समाचारले उत्साह जगाउनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । व्यापारमा फाइदा र कृषि–पशुपालनमा राम्रो लाभ मिल्नेछ । सन्तान वा अनुयायीको साथले पनि काममा जोसजाँगर बढ्नेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । मान्यजनको मार्गदर्शन अनुचित लाग्न सक्छ । कमजोर विकल्प अँगाल्नाले कुनै अवसर गुम्न सक्छ । तर आज अरूलाई दिने नभई भित्र्याउने समय छ । दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ । कामले नाम र दाम दिलाउनेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला । मिहिनेतले काम पूरा हुनेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सहयोगीहरू पछि हट्नाले चिताएको काममा बाधा पुग्नेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले केही काम दोहोर्याउनुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । लगनशीलताले परिस्थिति सहज बनाउन सकिनेछ । प्रयत्न गर्दा व्यापारमा फाइदा उठाउन सकिनेछ । कामको चाप बढे पनि प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता आउनेछ । काममा साथ दिनेहरू बढ्नेछन् । नयाँ कामको प्रस्ताव आउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ । बुद्धिको उपयोगले विद्या, धन आर्जन हुनेछ भने मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ । विभिन्न अवसर पनि आउनेछन् । केही कठोर निर्णय लिनुपरे पनि टाढिएका आफन्त नजिकिनेछन् । भेटघाट र खानपानमा समय व्यतीत हुनेछ । सहयोगीहरू जुट्नाले आँटेको काम बन्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । शुभचिन्तकहरूको सहयोगले लक्ष्यमा पुग्न सफल भइनेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ । टाढाका साथीभाइले काममा साथ दिनेछन् । तर, खर्च बढ्नेछ भने आलस्य गर्ने बानीले पछि परिनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ला ।
सत्यपाटी