२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

१० रुपैयाँ दिएर ११ वर्षीया बालिकामाथि बलात्कार

पर्सा जिल्लामा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ परेका छन् । बाख्रा चराउन गएकी ११ वर्षीया बालिकालाई १० रुपैयाँ दिएर ललाइफकाइ गरी बलात्कार गरेको आरोपमा ४६ वर्षीय अशोक साह पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत साउन २१ गते आरोपित पर्सा ठोरी गाउँपालिका–२ तीनघरे बस्ने साहले ठोरीको जङ्गलमा बलात्कार गरेको जाहेरी आएको थियो, सोही आधारमा उनलाई पक्राउ गरिएको हो ।

साहलाई ठोरी गाउँपालिका वडा नम्बर २ कै घरबाट पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ । पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालका अनुसार उनलाई जिल्ला अदालत पर्साबाट तीन दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८२ साउन २३ गते शुक्रबार