लागुऔषध नियन्त्रण ब्यूरोले झण्डै दुई केजी अवैध लागुऔषध कोकिनसहित एक विदेशी महिलालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शाखाबाट खटिएको टोलीले २१ वर्षीय ब्राजिलियन महिलालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ईमिलि मिकाले सान्तोष फराइरा रहेकी छन् । उनी बुधबार ब्राजिलबाट दोहा हुँदै नेपाल प्रवेश गरेकी थिइन् । सो क्रममा उनको गतिविधि शंकास्पद लागेकाले प्रहरीले टोलीले ब्राभित्र लुकाइराखेको एक केजी ९५० ग्राम तरल अवस्थामा रहेको कोकिन बरामद गरेको हो ।
ब्यूरोका सहप्रवक्ता डीएसपी जीवन निरौलाका अनुसार ती महिलाले १० वटा कण्डमभित्र तरल अवस्थामा कोकिन लुकाएर ल्याएकी थिइन् । उनीविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ साउन २३ गते शुक्रबार
