२०८३ जेठ १० , आइतबार 25, May 2026, Monday

मापसे गरेर अधिवक्ताको परीक्षा दिन पुगेपछि…

सत्यपाटीसत्यपाटी । सुर्खेत । २०८२ साउन २३ गते शुक्रबार

नेपाल कानुन व्यवसायी परिषद्को अधिवक्ता तहको परीक्षामा मादक पदार्थ सेवन (मापसे) गरी होहल्ला गर्ने एक परीक्षार्थीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, सुर्खेतका अनुसार पक्राउ पर्नेमा दैलेखको दुल्लु नगरपालिका–५ निवासी ४५ वर्षीय नगेन्द्रबहादुर थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढ्थापाका अनुसार थापा वीरेन्द्रनगर नगरपालिका–१३, गुप्तीपुरस्थित श्री अमर ज्योति नमुना मावि परीक्षा केन्द्रमा ३३ औँ अधिवक्ता तहको परीक्षा दिन आएका थिए । उनी मदिराको तालमै परीक्षा दिन गएका थिए ।

परीक्षा चलिरहेको समयमा उनले मापसे गरी परीक्षा सञ्चालनमा बाधा पुर्याएको र होहल्ला गरेको पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको बुढ्थापाले बताए । डीएसपी बुढ्थापाले भने, ‘मापसे गरी परीक्षाको वातावरणमा खलल पुर्याएकोले निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।’

प्रकाशित मिति : २०८२ साउन २३ गते शुक्रबार