२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

प्रिपेड सिमकार्डको मूल्य ९० रुपैयाँभन्दा बढी लिन रोक

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन २२ गते बिहीबार

नेपाल टेलिकमले आफ्नो प्रिपेड सिमकार्डको मूल्य ९० रुपैयाँभन्दा बढी लिनु गैरकानुनी भएको जनाएको छ । टेलिकमले आज एक सूचना प्रकाशित गरी कम्पनीले उक्त कार्डको ९० रुपैयाँ तोकेको र त्योभन्दा बढी रकम लिएर बिक्री गरेको पाइएमा नजिकैको कार्यालयमा खबर गरिदिन सम्बन्धित सबैमा आग्रह गरेको छ ।

‘नेपाल टेलिकमले प्रिपेड सिमकार्डको मूल्य रू.९० तोकी बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले तोकेको बिक्री मूल्यभन्दा बढी रकम लिई सिमकार्ड बिक्री वितरण गर्नु गैरकानूनी कार्य हो । कुनै पनि बिक्री केन्द्र, पसल आदिमा तोकिएको मूल्यभन्दा बढी रकम लिई सिम बिक्री भएको पाइएमा नजिकको दूरसञ्चार कार्यालय वा जिल्ला प्रशासन कार्यालय वा प्रहरी कार्यालयमा जानकारी गराइदिनुहुन अनुरोध गरिन्छ,’ सूचनामा उल्लेख छ ।

टेलिकमले ९० रुपैयाँ तोकेको सिमकार्ड बजारमा १०० रुपैयाँमा बिक्री हुँदै आएको थियो । यसबाट ९ रुपैयाँ टकटाइम भएको सिमकार्ड किन्दा थप १० रुपैयाँ तिर्नुपर्ने बाध्यता हटेको छ । हालसम्म उक्त रकम नेपाल टेलिकम वा सरकारी कोषमा नगई बिक्रेताको खल्तीमा जाने र उपभोक्ता भने मारमा पर्ने देखिँदै आएकोमा अब भने त्यस किसिमको ठगी पनि रोकिने अपेक्षा गर्न सकिन्छ ।

प्रकाशित मिति : २०८२ साउन २२ गते बिहीबार