२०८३ वैशाख ४ , शुक्रबार 17, April 2026, Friday

गायक पशुपति शर्मा चढेको कार दुर्घटना, अवस्था सामान्य

सत्यपाटीसत्यपाटी । स्याङ्जा । २०८२ साउन २१ गते बुधबार

लोकप्रिय लोकगायक पशुपति शर्मा सवार कार बुधबार दिउँसो स्याङ्जामा दुर्घटनामा परेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत भीरकोट नगरपालिका–२ मा भएको दुर्घटनामा शर्मा सामान्य घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार, पोखराबाट वालिङतर्फ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भई कल्भर्टमा ठोक्किएको थियो । गायक शर्माको देब्रे हातको कान्छी औँलामा चोट लागेको प्रहरीले जानाएको छ ।

कारमा सवार अन्य तीन जनालाई भने ठूलो चोटपटक लागेको छैन । दुर्घटना सामान्य प्रकृतिको भएको र कारमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । गायक शर्मा एक सांगीतिक कार्यक्रममा सहभागी हुन स्याङ्जा पुगेका थिए ।

प्रकाशित मिति : २०८२ साउन २१ गते बुधबार