२०८३ वैशाख २७ , आइतबार 10, May 2026, Sunday

आज कस्तो होला तपाईंको भाग्य ? हेर्नुस् राशिफल

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन २१ गते बुधबार

२०८२ साउन २१ गते बुधवार, ६ अगस्ट २०२५ । श्रावण शुक्लपक्ष द्वादशी तिथि, १२ः४४ बजेपछि त्रयोदशी । मूल नक्षत्र, १२ः४८ बजेपछि पूर्वाषाढा । चन्द्रराशि धनु ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मिहिनेत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन् । टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ । धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

साथीभाइसँग रमाइलो भेट हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । नयाँ कामको योजना बन्न सक्छ । तर परिस्थितिले आकस्मिक खर्च बढाउनेछ । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् । यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला । मिहिनेत गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ । बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउन सक्छ । यात्राको साइत पनि जुर्न सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

स्रोतसाधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ । खर्च भने बढ्न सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

शुभचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ । बाहिरी काम छोडेर पनि आफन्त र परिवारजनलाई समय दिनुपर्ला । कृषि, पशुपालन तथा घरेलु कामकाजमा जुट्नुपर्ने देखिन्छ । बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ । टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन् । लगनशीलताले प्रतिष्ठा दिलाउन सक्छ । दोहोर्याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

हिम्मतले काम बन्नेछ । लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । छोटो समयमा राम्रो उपलब्धि हातलागी हुनेछ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा फाइदा हुनेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ । चिताएको काम सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका छ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । मान–सम्मान प्राप्त हुनेछ । सम्पादित कामबाट धन लाभ हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नाम, दाम र इनाम प्राप्त हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ । विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ । रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ । नयाँ कामको अवसर प्राप्त हुने सम्भावना छ, हौसला जाग्नेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ । दिगो योजनाका लागि ऋण लिने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ । शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ । कर्जा बढे पनि धन प्राप्त हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ । तर आजको लाभांश सञ्चय नहुन सक्छ । केही फाइदा लिन अर्को वस्तु त्याग्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । अरूका लागि केही खर्च हुनेछ । सरसापट तथा कर्जामार्फत धन जुट्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । नाम, दाम र इनाम कमाउने बेला छ । पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ । नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ । पुरानो मित्रताले प्रेमको मार्ग अवलम्बन गर्न सक्छ ।

प्रकाशित मिति : २०८२ साउन २१ गते बुधबार