उत्तराखण्डको धरालीमा भीषण बाढीले त्यहाँको खीर गंगा नामक गाउँ नै बगाएको छ । भारतीय अखबार दैनिक भाष्करको अनलाइन संस्करणले भारतीय सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै जनाए अनुसार घटना मंगलबार दिउँसो १ः४५ बजे भएको हो ।
घटनाका धेरै भिडिओ र तस्वीरहरू सार्वजनिक भएका छन् । उत्तरकाशीका प्रमुख जिल्ला अधिकारी प्रशान्त आर्याले अहिलेसम्म चार जनाको मृत्युको खबर आएको र सयौं हराइरहेको दैनिक भाष्करलाई बताएका छन् ।
धेरै मानिसहरू बगेको आशंका गरिएको छ । धराली गाउँ देहरादूनबाट २१८ किलोमिटर र गंगोत्री धामबाट १० किलोमिटर टाढा पर्छ । उद्धार टोलीसँगै भारतीय सेना पनि घटनास्थलमा पुगेको छ ।
प्रकाशित मिति : २०८२ साउन २० गते मंगलबार
सत्यपाटी