२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

१२ कक्षामा नतिजामा कसैले पनि ल्याएनन् चार जीपीए

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन २० गते मंगलबार

कक्षा १२ को नतिजामा कसैले पनि चार जीपीए नल्याएको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजामा जीपीए ३.९६ सम्म मात्र ल्याएका छन् । ‘चार जपीए कसैको पनि आएको देखिएन । ३.९६ सम्म आएको छ,’ परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ।

बोर्डले सार्वजनिक गरेको नतिजामा ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी १३ हजार ५०२, ३.२१ देखि ३.६० जीपीए ल्याउने ५५ हजार ८९६, २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २६८, २.४१ देखि २.८० जीपीए ल्याउन ६९ हजार ८१२, २.०१ देखि २.४० जीपीए ल्याउने ८ हजार ९६४ र १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी २३ जना छन् ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष कक्षा १२ को नतिजामा सुधार देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजामा अघिल्लो वर्षभन्दा यो वर्ष ९ प्रतिशतले परीक्षामा सुधार देखिएको हो । नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । गत वर्ष ५२ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए ।

प्रकाशित मिति : २०८२ साउन २० गते मंगलबार