२०८२ फागुन ३ , आइतबार 16, February 2026, Monday

कोरियन भाषा परीक्षाका लागि आवेदन खुला, ५३ सय कोटा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन १९ गते सोमबार

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ईपीएस कोरिया शाखाले साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

एचआरडी कोरियाले उत्पादनमूलक तथा कृषि तथ पशुपालन क्षेत्रका लागि आवेदन माग गरेको छ । कुल पाँच हजार ३०० कोटा तोकिएको छ । जसमा तीन हजार ५०० उत्पादनमूलक र एक हजार ८०० कृषि तथा पशुपालन क्षेत्रका लागि छन् । एक व्यक्तिले एकै क्षेत्रमा मात्र आवेदन दिन पाउनेछ ।

भाषा परीक्षा पास गरेपछि मात्रै स्किल टेष्ट र कम्पिटेन्सी टेष्टमा सहभागी हुन पाइनेछ । १८ देखि ३९ वर्ष उमेर समूहका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । आवेदकले फौजदारी सजाय नपाएको, कोरियाबाट डिपोर्ट नभएको र नेपाल सरकारले विदेश जान रोक नलगाएको हुनुपर्नेछ । परीक्षा काठमाडौंमा हुनेछ ।

प्रकाशित मिति : २०८२ साउन १९ गते सोमबार