डोल्पास्थित ठूली भेरी नदीमा आइतबार (साउन १८) बिहान बाढी आएको छ । त्रिपुराकोटमा ठूली भेरीको जलसतह सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नदीमा पानीको बहाव बढ्दो क्रममा छ । तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
‘साउन १८ बिहान ०४ः०५ बजे । डोल्पा जिल्लास्थित ठूली भेरी नदी, त्रिपुराकोट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको तथा बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्रमा रहनुहुनेहरूले बिहानसम्म सतर्कता अपनाइराखौँ,’ विभागको सूचनामा उल्लेख छ ।
नलगाढ खोला सतर्कता तह पार
वर्षासँगै जाजरकोटमा शनिबार (साउन १७) राति बाढी आएको छ । रौलाखेतमा नलगाढ खोलाको जलसतह सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । खोलामा पानीको बहाव बढ्दो क्रममा छ । तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
‘साउन १७ गते, राति १०ः५३ बजे । जाजरकोट जिल्लास्थित नलगाढ, रौलाखेत जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनुहुनेहरूले सतर्कता अपनाऔँ,’ विभागको सूचनामा उल्लेख छ ।
हनुमन्ते खोलामा बाढी

वर्षासँगै भक्तपुरस्थित हनुमन्ते खोलामा आइतबार (साउन १८) बिहान बाढी आएको छ । कौशलटारमा हनुमन्तेको जलसतह सतर्कता तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । खोलामा पानीको बहाव बढ्दो क्रममा छ । तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
‘साउन १८ बिहान १२ः२५ बजे । भक्तपुर जिल्लास्थित हनुमन्ते खोला कौशलटार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेको हुँदा नदीतटीय क्षेत्रमा रहनुहुने र नदी किनार भई यात्रा गर्नेहरूले बिहानसम्म सतर्कता अपनाउनुहुन अनुरोध छ,’ विभागको सूचनामा उल्लेख छ ।
त्रियुगा खोला सतर्कता तह पार
वर्षासँगै उदयपुरस्थित त्रियुगा खोलामा आइतबार (साउन १८) बिहान बाढी आएको छ । गाईघाटमा त्रियुगाको जलसतह सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । खोलामा पानीको बहाव बढ्दो क्रममा छ । तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
‘साउन १८, बिहान १ः५५ बजे । उदयपुर जिल्लास्थित त्रियुगा खोला, गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनुहुनेहरूले बिहानसम्म सतर्कता अपनाउनुहुन अनुरोध छ,’ विभागको सूचनामा उल्लेख छ ।
ठूलो भेरी नदी खतरा तह पार

वर्षासँगै रुकुम पश्चिमस्थित ठूलो भेरी नदीमा आइतबार (साउन १८) बिहान बाढी आएको छ । रिम्नामा ठूलो भेरी नदी खतरा तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नदीमा पानीको बहाव बढ्दो क्रममा छ । सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
‘साउन १८ बिहान १ः४४ बजे । रुकुम पश्चिम जिल्लास्थित ठूलो भेरी नदी, रिम्ना जलमापन केन्द्रको जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले बिहानसम्मै सतर्कता अपनाइराखौँ,’ विभागको सूचनामा उल्लेख छ ।
कालीगण्डकीमा जल सतह बढ्यो
पर्वत जिल्लास्थित कालीगण्डकी नदी, मोदी बेनी जलमापन केन्द्रमा जलसतह तह सतर्कता तह आसपास रहेको तथा बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको विभागले जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका तराई भूभागका धेरै स्थान तथा बाँकी पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
सत्यपाटी