२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

तीन घण्टामा कहाँ-कहाँ भयो भारी वर्षा ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन १८ गते आइतबार

देशका केही स्थानमा शनिबार (साउन १७) राति र आइतबार (साउन १८) बिहान भारी वर्षा भएको छ । उदयपुर, सिरहामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उदयपुरका गाईघाट, मुरखुचीबजार, चुरेमाई, सिरहाको लहान लगायत स्थानमा भारी वर्षा भएको छ । त्रियुगा, चहका खोलामा बहाव बढ्ने सम्भावना रहेको भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

‘साउन १८ गते, बिहान १ः३० बजे । पछिल्लो तीन घण्टामा उदयपुर जिल्लास्थित गाईघाट, मुरखुचीबजार, चुरेमाई वर्षामापन केन्द्रहरूलगायत सिरहा जिल्लास्थित लहान, सिरहा हाइड्रो वर्षामापन केन्द्रहरू र आसपासका क्षेत्रहरूमा भारी वर्षा मापन भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकोले सो क्षेत्र भई बहने त्रियुगा खोला, चहका खोलालगायत अन्य स–साना खोलाहरूमा बहाव बढ्न सक्ने सम्भावना भएकाले सतर्कता अपनाइराखौँ,’ विभागको सूचनामा उल्लेख छ ।

कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८२ साउन १८ गते आइतबार