२०८३ भदौ ९ , मंगलबार 26, August 2026, Wednesday

आज कस्तो रहला तपाईंको भाग्य ? हेर्नुहोस् राशिफल

२०८२ साउन १८ गते आइतवार, ३ अगस्ट २०२५ । श्रावण शुक्लपक्ष नवमी तिथि, ८ः०२ बजेपछि दशमी । विशाखा नक्षत्र, प्रातः ६ः१२ बजेपछि अनुराधा । चन्द्रराशि वृश्चिक ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अस्वस्थताले काममा जुट्न नसकिए पनि बाध्यात्मक परिस्थितिबाट मुक्त भइनेछ । काममा श्रम परे पनि राम्रो मूल्य प्राप्त हुनेछ । तर आफ्नो कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्लान् । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा फल प्राप्त हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

काममा साथीभाइको सहयोग जुट्नेछ । धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ । अतिथिको रूपमा सत्कार पाइएला । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । व्यवसायले रमाइलो यात्रा गराउन सक्छ । प्रियभेट हुनुका साथै विशेष उपहार प्राप्त होला । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ । पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ । मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ । सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ । नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन् । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन् । अरूको फाइदाका लागि उपयोग भइनेछ भने काम बिग्रने डरले सताउनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

अवसर र व्यवधानको उतारचढावबाट न्यून प्रतिफल हातपार्न सफल भइनेछ । धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ । कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्य–चिन्ताले पनि सताउनेछ । अध्ययनमा बाधा हुनेछ र लक्ष्य प्राप्त गर्न समय लाग्नेछ । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारमा अलमलिनुपर्ला । खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ । राम्रो नतिजा हातपार्न रोकिएको काम दोहोर्याउनुपर्ला । अरूको भरले मात्र सफलता प्राप्त नहुन सक्छ । कमजोरी सुधार्न केही काम दोहोर्याउनुपर्ला । सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । परिस्थितिवश आफन्तबाट टाढिनुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था आउन सक्छ । लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ । अवसरका लागि कडा परिश्रम गर्नुपर्ला । देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमल हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

दिन निकै लाभदायक रहनेछ । प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । दिगो काम सुरु हुनेछ र छोटो समयमै उपलब्धि हातलागी हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक कामले फाइदा दिलाउनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मिहिनेतले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर पनि काममा जग बसाउने मौका छ । परिश्रम परे पनि समय फलदायी रहनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

पहिलेका कमजोरी सच्याउँदै सोचेअनुरूप काम गर्न सकिनेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ । मिहिनेतको फल प्राप्त हुनेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन् । नोकरी तथा व्यवसायमा विशेष फाइदा होला । नयाँ कामको जग बसाउने मौका छ ।

प्रकाशित मिति : २०८२ साउन १८ गते आइतबार