नेपाल प्रहरीका केही वेबसाइट र मोबाइल एपहरू सिमकार्डमा ब्यालेन्स नभए पनि चलाउन सकिन्छ । नेपाल प्रहरीका ६ ओटा डोमेन तथा सब–डोमेनहरू शून्य ब्यालेन्समै निःशुल्क एक्सेस गर्न सकिने सुविधा उपलब्ध गराइएको हो ।
नेपाल टेलिकम र एनसेलका मोबाइल प्रयोगकर्ताले प्रहरीका अनलाइन सेवाहरू प्रयोग गर्दा डेटा शुल्क लाग्दैन । सिममा ब्यालेन्स नहुँदा वा कुनै इन्टरनेट प्याकेज सक्रिय नभए पनि यी वेबसाइट र एपहरू सजिलै खोल्न सकिन्छ । साथै, प्याकेजमा रहेको डेटा पनि प्रयोग हुँदैन ।
नेपाल प्रहरीको आधिकारिक वेबसाइट, अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली, नेपाल प्रहरी मोबाइल एप, हराएका कागजात सम्बन्धी आवेदन, हराएका सवारीसाधन सम्बन्धी आवेदन र अनलाइन भर्ना छनोट प्रणालीका वेबसाइट र एप चलाउन सिमकार्डमा ब्यालेन्स नभए पनि चलाउन सकिन्छ ।
यी वेबसाइट र मोबाइल एप चलाउन चाहिँदैन ब्यालेन्स
१. नेपाल प्रहरी मोबाइल एप
२. नेपाल प्रहरीको आधिकारिक वेबसाइट (nepalpolice.gov.np)
३. अनलाइन भर्ना छनोट प्रणाली (careers.nepalpolice.gov.np)
४. हराएका कागजात सम्बन्धी आवेदन (Idims.nepalpolice.gov.np)
५. हराएका सवारी साधन सम्बन्धी आवेदन (ivims.nepalpolice.gov.np)
६. अनलाइन प्रहरी चारित्रिक प्रमाण–पत्र प्रणाली (opcr.nepalpolice.gov.np)
सत्यपाटी