२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

तुलसीपुरमा नौं दिनसम्म विधिवत् कुकुरको काजकिरिया

तुलसीपुर उपमहानगरपालिका मानपुरका शशीधर पौडेलले आफ्नै सन्तानजस्तै पालेको कुकुर रमीको मृत्युमा नौं दिनसम्म विधिवत् काजकिरिया गरेका छन् । जापानी स्पिट्ज जातको रमी सात महिनाको हुँदा काठमाडौंबाट लिएर गएका थिए ।

आज्ञाकारी र मायालु रमी शशीधरलाई जहाँ गए पनि पछ्याउँथ्यो, राति ५०० मिटर टाढाबाटै लिन आउँथ्यो । दिनहुँ मोटरसाइकलमा २०–२५ मिनेट घुमाउनुपथ्र्यो, नत्र रिसाएर खाना खाँदैनथ्यो । केही दिनअघि शशीधर पिठो लिन जाँदा रमीले पछ्याएको थियो ।

फर्कँदा ऊ नहर नजिकै अन्य कुकुरको आक्रमणमा परेर सुरुङजस्तो नहरमा खस्यो । तीन दिनपछि हिलोमा गाडिएको अवस्थामा रमीको निष्प्राण शरीर भेटियो । शशीधरलाई रर्मी गुमाउँदा आमाबुबा गुमाएभन्दा ठूलो पीडा भयो ।

रमीको श्रद्धाञ्जलिसभामा छिमेकी र आफन्त समेत भेला भए । आसपासका कुकुरलाई खीर खुवाइयो । कुकुरप्रति यस्तो श्रद्धा व्यक्त भएको यो सम्भवतः पहिलो घटना होला ।

प्रकाशित मिति : २०८२ साउन १५ गते बिहीबार