२०८३ असोज २९ , बिहीबार 15, October 2026, Thursday

आज कहाँ-कहाँ हुनेछ भारी वर्षा ?

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । बिहीबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही तराई भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ । सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै र मधेस प्रदेश लगायत बाँकी तराई भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । बिहीबार राति कोशी, मधेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही तराई भू–भागमा आंशिक बदली रहनेछ । राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ ।

मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८२ साउन १५ गते बिहीबार