२०८३ असोज २३ , शुक्रबार 10, October 2026, Saturday

कस्तो रहला तपाईंको आजको भाग्य ? हेर्नुहोस् राशिफल

२०८२ साउन १५ गते बिहीवार, ३१ जुलाई २०२५ । श्रावण शुक्लपक्ष सप्तमी तिथि । चित्रा नक्षत्र । चन्द्रराशि कन्या, ११ः४१ बजेपछि तुला ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ । तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्, सजग रहनुहोला । बुद्धिको उपयोगले काम बनाउन सकिनेछ । मध्याह्नपछि व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ । आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन् । मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहारले उत्साह जगाउनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ । मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । विशेष काममा जग बसाउने मौका जुट्नेछ । दिउँसोदेखि प्रतिस्पर्धामा उत्रनुपरे पनि मनग्य लाभ उठाउन सकिनेछ । फाइदा हुने काम थालनी हुनेछ । समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् । बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । टाढिएका आफन्त नजिकिनेछन् । मध्याह्नदेखि बुद्धिको उपयोगले फाइदाको स्रोत पहिल्याउन सकिनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । प्रतीक्षा गरिएको नतिजा पनि सबल रहनेछ । मिहिनेत गर्दा लक्ष्य प्राप्त हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

गलत व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ । काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन् । नतिजा कमजोर देखिनाले कुनै काम दोहोर्याउनुपर्ला । मध्याह्नदेखि भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू पनि भेटिनेछन् । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मान–सम्मान पाइने समय छ । बोलीको भरमा चिताएको काम बन्नेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । दिउँसोदेखि नयाँ काम प्रारम्भ होला । पेसा व्यवसायमा पनि लाभ हुनेछ ।अध्ययन र व्यापारमा प्रगति हुनेछ । व्यक्तित्वमा निखारता आउनेछ । नाम, दाम र इनाम हातलागी हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बिछोडिएका आफन्त नजिकिनेछन् । मिहिनेतले उपलब्धि दिलाउनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

खर्चिलो कामले अर्थ अभाव निम्त्याउन सक्छ । तापनि पछिका लागि काम गर्ने समय छ । समस्याले सक्रिय बन्न प्रेरित गर्नेछ । शुभचिन्तकहरू जुट्नाले आस मारेको फल पुनः प्राप्त हुन सक्छ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । चिताएको काम बन्नाले उत्साह जाग्नेछ । नयाँँ काम सुरु हुनेछ । पेसा–व्यवसायमा लाभ हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ । सोखले खर्च बढाउनेछ । प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा बिस्तारै लक्ष्यमा पुग्न सकिनेछ । अवसरले पछ्याउनेछन् । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट पनि मनग्य लाभ मिल्नेछ । उठ्नुपर्ने रकम हातलागी हुन सक्छ । सञ्चित रकमको उपयोगले लाभ मिल्नेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । अभाव हट्नुका साथै नाम, दाम र इनाम प्राप्त हुनेछ । धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ । दिउँसोदेखि व्यवसायमा मनग्य फाइदा हुनेछ । कामका बाधा हट्नेछन् । चुनौती स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन् ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

परिस्थितिवश अरूका लागि समय खर्चनुपर्ला । व्यवहार अलि बिग्रन सक्छ । सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ । काममा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । दिउँसोदेखि काम देखाएर प्रभाव जमाउन सकिनेछ । अवसरवादीहरूले भने आफ्ना कमजोरीबाट लाभ उठाउन सक्छन् । तापनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रियजनको साथले दिन रमाइलो रहनेछ । विशेष काम गर्न बिहानको समय बढी लाभदायक रहनेछ । व्यवसायमा आम्दानी बढ्नेछ । साथीभाइ जुट्नाले परिस्थति पनि अनुकूल हुनेछ । स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ । दिउँसोदेखि लोकाचारका लागि फजुल खर्च बढ्न सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । धेरै मिहिनेत परे पनि कमै लाभ हुनेछ ।

प्रकाशित मिति : २०८२ साउन १५ गते बिहीबार