नेपाल प्रहरीको आकस्मिक सेवा नम्बर १०० आज काठमाडौँ जिल्लामा चार घण्टाका लागि अवरुद्ध हुने भएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले आज सार्वजनिक सूचना जारी गर्दै बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म आकस्मिक नम्बर १०० मा फोन नलाग्ने जानकारी दिएको हो ।
कार्यालयका अनुसार भद्रकालीमा रहेको नव–निर्मित प्रहरी परिचालन कक्षको मर्मत सम्भारको काम गर्नुपर्ने भएकाले उक्त सेवा अवरुद्ध हुन लागेको हो ।
सेवा अवरुद्ध हुने अवधिमा कुनै पनि आकस्मिक घटना, सूचना वा सहयोगका लागि प्रहरीले वैकल्पिक सम्पर्क नम्बरहरू उपलब्ध गराएको छ ।
प्रहरीले मर्मत सम्भारको अवधिमा सर्वसाधारणलाई पर्न जाने असुविधाप्रति क्षमा माग्दै वैकल्पिक नम्बरको प्रयोग गरी सहयोग गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८२ साउन १४ गते बुधबार
सत्यपाटी