२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

सुदूरपश्चिममा दुई मन्त्रीका गाडी ठोक्किए

सत्यपाटीसत्यपाटी । कैलाली । २०८२ साउन १३ गते मंगलबार

सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्री सवार गाडी ठोक्किएका छन् । मङ्गलबार कैलालीको चिसापनीमा रानी जमरा कुलरिया सिँचाइ आयोजना तथा जलविधुत् गृहको उद्घाटन कार्यक्रममा जाँदै गर्दा दुई गाडी ठोक्किएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुनमन्त्री हीरासिंह सार्की सवार गाडी ठोक्किएका हुन् । कार्की चढ्ने से.१झ.३३० र पाल चढ्ने बा.२झ.१४१९ नम्बरको गाडी ठोक्किएको डिएसपी सिंहको भनाइ छ ।

दुर्घटनामा कुनै मानवीय क्षति नभए पनि दुई वटै गाडीमा क्षति पुगेको छ । ठक्करबाट बा.२झ.१४१९ नम्बरको गाडीको पछाडिको भागमा र से.१झ.३३० नम्बरको गाडीको अगाडिको भागमा क्षति पुगेको छ । दुवै मन्त्री प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने कार्यक्रममा जाँदै गर्दा दुर्घटना भएको हो ।

प्रकाशित मिति : २०८२ साउन १३ गते मंगलबार