२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

उर्मिला हायूको परिवारले थाकथलो छाड्नुको रहस्य खुल्यो

सत्यपाटीसत्यपाटी । सिन्धुली । २०८२ साउन १३ गते मंगलबार

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थाकथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । उर्मिलासहित उनका परिवारका १६ पोखरा महानगरपालिका–३० गगनगौडामा भेटिएका थिए ।

उनीहरू गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेका अवस्थामा प्रहरीले फेलापारेको सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकले जानकारी दिए । ‘हिजो आफन्त र जनप्रतिनिधिको रोहबरमा उहाँहरू जहाँ बसेको हो त्यही रहनुभएको छ, सामान्य सोधपुछ गरेर राखिएको छ,’ उनले भने, ‘उहाँहरू त्यहाँ कोठा खोजेर बस्नुभएको रहेछ ।’

घरमा बिरामी परिराख्ने, केटाकेटी बिरामी हुने र धामीले पनि नबस्न भनेको जनाउँदै उनीहरूले प्रारम्भिक जानकारी दिएका प्रहरी प्रमुख विकले जानकारी दिए । उनीहरूका बारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८२ साउन १३ गते मंगलबार