२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

नेपाल प्रहरीका २२ कर्मचारी सम्पर्कविहीन

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन ११ गते आइतबार

नेपाल प्रहरीका २२ कर्मचारीहरू गैरहाजिर हुँदै सम्पर्कविहीन भएको भन्दै प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ । कार्यालयले ती प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।

प्रहरी नियमावली, २०७१ को नियम ११५ को उपनियम (२) अनुसार प्रक्रिया पूरा गरी कार्यालयले सूचना टाँस गरिसकेको भए पनि सम्बन्धित प्रहरी कर्मचारीहरू सम्पर्कमा नआएकाले आइतबार सार्वजनिक सूचना जारी गरिएको कार्यालयको भनाइ छ ।

सूचनामा भनिएको छ, ‘तपाईंहरू देहायका प्रहरी कर्मचारीहरू आफूखुशी गैरहाजिर रहेको अवस्थामा कार्यालयको सम्पर्कमा नआएकाले सात दिनभित्र आफैं गैरहाजिर हुनुको कारण खोली, सन्तोषजनक स्पष्टिकरणसहित कार्यालयमा हाजिर हुन आउनु होला ।’

यदि तोकिएको समयसीमाभित्र स्पष्टीकरण नदिई हाजिर नभएमा प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) अन्तर्गत कसुर मानेर नियम १०९ को उपनियम (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही अगाडि बढाइने जनाइएको छ ।

प्रकाशित मिति : २०८२ साउन ११ गते आइतबार