नेपाली भान्सामा प्रयोग हुने मसला स्वाद र गन्धका लागि मात्र होइन, स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक हुन्छन् । विशेषगरी पाचन प्रणालीलाई बलियो बनाउने कार्यमा यी मसलाहरूको भूमिका महत्वपूर्ण हुन्छ ।
विशेषज्ञहरू भन्छन्, ‘हामी दैनिक रुपमा प्रयोग गर्ने केही सामान्य मसालामा यस्ता गुण हुन्छन् जसले पाचन सुधार्न, ग्यास हटाउन, अपच कम गर्न र पेटलाई आराम दिन मद्दत गर्छन् ।’
१. जीरा – पाचन प्रणालीको सहारा
भान्सामा प्रायः प्रयोग हुने जीरा थाइमोल नामक तत्वले भरिपूर्ण हुन्छ, जसले पेटका पाचन एन्जाइमलाई सक्रिय बनाउँछ । यसले ग्यास, पेट फुल्ने र अपचका समस्या हटाउँछ ।
२. अजवाइन – ग्यास र पेट दुखाइको औषधि
अजवाइनको स्वाद तितो भए पनि यसको फाइदा मीठो छ । यसले ग्यास हटाउने, पेट दुखाइ कम गर्ने र अपचमा राहत दिने काम गर्छ । खाना खाएपछि चिमोटाजस्तो भएको महसुस हुने व्यक्तिका लागि अजवाइन अचूक उपाय हो ।
३. हल्दी – सूजन र अपच दुवैमा प्रभावकारी
हल्दी प्राकृतिक एन्टिबायोटिक मात्र होइन, एन्टिइन्फ्लेमेटोरी गुणले भरिपूर्ण मसला पनि हो । पाचन सुधार गर्नुका साथै यो आन्द्रामा भएका सूजनलाई कम गर्छ ।
४. दालचिनी – मेटाबोलिज्म र पाचनको सहायक
दालचिनी शरीरको पाचन प्रक्रियालाई द्रुत बनाउने मसला हो । यसले रगतमा चिनीको मात्रा सन्तुलनमा राख्छ, पेट हल्का बनाउँछ र खाना छिटो पचाउन मद्दत गर्छ ।
५. सौंफ – माउथ फ्रेशनर मात्र होइन, पाचन सुधारक
खाना खाएपछि दिइने सौंफमा एन्टिअक्सिडेन्ट र फाइबर पाइन्छ । यसले पाचनलाई सहज बनाउनुका साथै ग्यास र जलन हटाउँछ । पाचन प्रणाली कमजोर हुने, बारम्बार ग्यास वा अपचको समस्या हुने व्यक्तिहरूले यी मसलाहरूलाई नियमित खाना पकाउँदा प्रयोग गर्न सल्लाह दिइन्छ ।
यद्यपि अत्यधिक प्रयोग गर्दा असर उल्टो पर्न सक्छ । स्वादिलो परिकारका लागि मात्र नभई, स्वस्थ पेट र राम्रो पाचनका लागि पनि भान्साका मसला अत्यावश्यक छन् । तपाईंको भान्सामा रहेका यी मसलाहरूले सस्तोमा स्वास्थ्यको सुरक्षा दिन सक्छन् ।
सत्यपाटी