२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

आज तराई-मधेशमा हावाहुरीसहित वर्षाको सम्भावना

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन १० गते शनिबार

देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । कोसी, मधेस र लुम्बिनी प्रदेशमा हावाहुरी चल्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

देशका पहाडी भूभागका केही स्थानमा तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेशको तराई र मधेस प्रदेशमा हावाहुरी चल्ने सम्भावना छ । महाशाखाका अनुसार राति कोसी प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

कोसी प्रदेशको पहाड र तराई भूभाग लगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी प्रदेशको पहाड र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । मधेस र लुम्बिनी प्रदेशका तराई भूभागमा हावाहुरी चल्ने सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । कोशी प्रदेशका तराई तथा बागमती र गण्डकी प्रदेशका पहाडी एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा पछिल्लो मौसमी सूचनाको जानकारी लिन महाशाखाले अनुरोध छ ।

प्रकाशित मिति : २०८२ साउन १० गते शनिबार