मध्य गाजा पट्टीको शहर देइर अल–बलहमा, बजार स्क्वायर एक समय व्यापारको एक चहलपहल केन्द्र थियो । अब भोकाएका परिवारहरू गम्भीर अभावको बीचमा खाना खोज्दै सडकमा घुमिरहेका छन् ।
स्थानीय मोहम्मद नास्सर आफू बिहानैदेखि बजारमा घुमिरहे पनि खानका लागि केही नपाएको सुनाउँछन् । आफ्ना सन्तान तीन हप्तादेखि भोकै रहेको उनले बताए । एकदिन अघिबाट घरमा आफ्नो छोरी रोइरहेको स्थानीय सलिम अल हातो बताउँछन् ।
आफूले सबैतिर हात फैलाएर माग्दा समेत खानेकुरा केही नरहेको उनको भनाइ छ । खान युनिस र गाजा शहर लगायत गाजाका अन्य भागहरूमा पनि यस्तै अवस्था देखा परिरहेको छ ।
गाजास्थित स्वास्थ्य अधिकारीहरूले मंगलबार रिपोर्ट गरेअनुसार विगत २४ घण्टामा चार बालबालिकासहित १५ जनाको भोकमरीका कारण मृत्यु भएको छ । मार्चदेखि, भोकमरी र कुपोषणले आधिकारिक रूपमा १०१ जनाको ज्यान लिएको छ । जसमध्ये ८० जना बालबालिका छन् ।
सत्यपाटी