२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

दुधको शुद्धता कसरी पहिचान गर्ने ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन ८ गते बिहीबार

अहिले बजारमा दुधको शुद्धतालाई लिएर मानिसमा निकै चासो बढेको छ किनभने दूध हाम्रो दैनिक जीवनको महत्त्वपूर्ण भागको रूपमा रहेको छ । बच्चादेखि ठूलासम्म सबैले दूध पिउने गर्छन्, त्यसैले शुद्ध दूधको पहिचान गर्नु अति आवश्यक छ ।

बजारमा पाइने मिसावट दूधले मानिसको स्वास्थ्यमा नराम्रो असर पुर्याउनुका साथै अनेकौं गम्भीर रोग निम्त्याउँछ । यस्तो अवस्थामा सबैभन्दा ठूलो प्रश्न उठ्छ, दूधको शुद्दता कसरी पहिचान गर्ने ? आउनुहोस्, उसो भए हामी केही सजिलो र प्रभावकारी तरिकाहरूका बारेमा जानकारी दिनेछौं ताकी जुन तरिकाले तपाईं घरमै बसी दूधको शुद्धता जाँच गर्न सक्नुहुन्छ ।

उमालेको बेला दूधको तह

जब तपाइँ शुद्ध दूध उमाल्नुहुन्छ, यसको माथिल्लो सतहमा क्रिमको तह बनाउँछ । यदि दुधमा मिसावट भएको छ भने कि त एकदमै थोरै क्रिम उत्पादन हुन्छ वा उत्पादन नै हुँदैन । यो सबैभन्दा सरल घरेलु परीक्षण हो । यसबाट तपाईले सजिलै मिसावट दूध पहिचान गर्न सक्नुहुन्छ ।

पानी मिसावट पहिचान

एउटा गिलास लिनुहोस् र यसमा अलिकति दूध हाल्नुहोस् । अब त्यसमा माथिल्लो सतहबाट एक थोपा दूध हाल्नुहोस् । यदि दूध सीधा बस्यो र सेतो धार बन्यो भने दूध शुद्ध हो भन्ने बुझिन्छ । यदी, दूध पानी जस्तै फैलियो भने पानी मिसावट हुन सक्छ । यो पनि मिसावट दूध पहिचान गर्न एक प्रभावकारी तरिका हो ।

डिटर्जेन्ट पहिचान

कहिलेकाहीं तपाईंले याद गर्नुभएको होला कि दूधमा धेरै फोम बनेको हुन्छ र यो स्पष्ट रूपमा फैलादार पनि देखिन्छ । यसो हो भने यस दुधमा डिटर्जेंटको मिसावट हुनसक्छ । यस अवस्थामा पाँच एमएल दूधमा पाँच एमएल पानी मिलाउनु होस् र जोडदार रूपमा हल्लाउनुहोस् । यदी त्यहाँ धेरै फोम छ र यो साबुनजस्तो लाग्छ भने यसमा डिटर्जेन्ट मिसाएको हुन्छ । जुन स्वास्थ्यका लागि निकै खतरनाक साबित हुन सक्छ ।

पिठो मिसावट जाँच

धेरै पटक स्टार्च अर्थात् पिठो दुधमा मिसाइन्छ, जसले गर्दा दूध बाक्लो देखिन्छ र पसलले महँगो मूल्यमा बेच्न सक्छ । एक चम्चा दूधमा आयोडिन टिंचरको केही थोपा हाल्नुहोस् । यदि रंग नीलो हुन्छ भने यसमा स्टार्च थपिएको छ भन्ने बुझ्नु सजिलो हुन्छ । यसबाट तपाईले मिसावट पहिचान गर्न सक्नुहुन्छ ।

युरिया मिसावटको पहिचान

युरिया मिसावट स्वास्थ्यका लागि निकै घातक हुन्छ । शंका लागेकामा उसो भए ५ एमएल दूध लिनुहोस् र त्यसमा अलिकति सोयाबिनको धुलो हाल्नुहोस् । त्यसपछि हाइड्रोक्लोरिक एसिडको केही थोपा थप्नुहोस् । केही मिनेटमै रातो रङ आउन थाल्यो भने त्यो युरियाको मिसावट भएको बुझ्न पाइन्छ । त्यसैले यसबाट तपाईले शुद्द हो कि अशुद्द दूध हो भन्ने चिन्न सक्नुहुन्छ ।

सिंथेटिक दूधको पहिचान

सिन्थेटिक दूधमा कृत्रिम रसायन, डिटर्जेन्ट, युरिया आदि पाइन्छ, यसमा अलिकति रासायनिक गन्ध हुन्छ र स्वाद पनि सामान्य दूधभन्दा फरक हुन्छ । सिंथेटिक दूध उमाले पछि फोम रहन्छ र क्रिम बन्दैन् । यो यसको सबैभन्दा ठूलो पहिचान गर्ने तरिका हो । जब तपाईं यसलाई आफ्नो हत्केलामा रगड्नुहुन्छ, यो साबुन जस्तै लाग्छ । यो पनि पहिचान गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ साउन ८ गते बिहीबार