२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

नेपालगन्जबाट रुकुम आउँदै गरेको हाइस सल्यानमा दुर्घटना

सत्यपाटीसत्यपाटी । रुकुम पश्चिम । २०८२ साउन ८ गते बिहीबार

बाँकेको नेपालगन्जबाट रुकुम पश्चिमको चौरजहारी आउँदै गरेको यात्रुवाहक हाइस गाडी सल्यानमा दुर्घटना भएको छ । आज (बिहीबार) दिँउसो १२ बजे सल्यानको कुमाख गाउँपालिका–२ नेटानजिक भे १ ख ३९९४ नम्बरको हाइस दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय रागेचौर सल्यानका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले दुर्घटनाको सूचनालगत्तै घटनास्थलतर्फ प्रहरी परिचालन भएको जानकारी दिए । उनका अनुसार केही यात्रुहरु गम्भीर घाइते भएका छन् । नेटा नजिकैको माथिल्लो मोडबाट गाडी दुर्घटना भएर तल्लो मोडमा पुगेको उद्धार कार्यमा रहेका यात्रु ओम केसीले जानकारी दिए ।

उनका अनुसार गाडी चालक पारस आचार्यसहित करिब बाह्रजना यात्रु घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । घाइतेहरुको उद्धारका लागि चौरजहारी नगरपालिकाबाट नगर प्रहरी र एम्बुलेन्स घटनास्थलततर्फ गएको बताइएको छ । दुर्घटनाको पूरा विवरण आउन बाँकी छ । अहिले घाइतेको उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ साउन ८ गते बिहीबार