भक्तपुरमा दिदीबहिनी मृत अवस्थामा फेला परेका छन् । सुर्खेत घर भएका दिदीबहिनी आफ्नै कोठामा एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनीहरु मध्यपुर थिमि नगरपालिका–८ बोडे सिन्टिटारस्थित डेरामा बस्दै आएका थिए ।
सुर्खेतको पञ्चपुरी नगरपालिका ८ घर भई हाल भक्तपुरस्थित चक्रधर प्रजापतिको दुई तले घरको भुईं तलामा बस्दै आएका १७ वर्षीया मेनुका कँडेल र उनकी १५ वर्षीया बहिनी श्रृजना कँडेल आफ्नै कोठामा मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार, चक्रधर प्रजापतिको घरमा डेरा गरी बस्ने कँडेल दिदीबहिनी बिहान पौने ७ बजे कोठाको प्यासेजमा एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेका थिए । घटनाको प्रकृति हेर्दा प्रारम्भिक अनुसन्धानले आत्महत्या देखाए पनि प्रहरीले यसबारे थप अनुसन्धान जारी राखेको छ ।
घटनास्थललाई सुरक्षित राखी प्रहरीले प्रमाण संकलन गरिरहेको छ । दुवै शवलाई पोष्टमार्टमका लागि नजिकैको अस्पताल लगिएको र घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरु आज बिहान ७ बजेको समयमा कोठाको प्यासेजमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । घटना शंकास्पद रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सत्यपाटी